६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

जय ट्रफीः उपाधि नेपाल पुलिस क्लबलाई, फाइनलमा आर्मी पराजित

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि कब्जा गरेको हो।  

आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेटको क्षतिमा पूरा गर्यो। पुलिसको जितमा रसिद खान र कुशल भुर्तेलले उत्कृष्ट पारी खेले। रसिद ८१ रनमा आउट हुँदा कुशलले ५१ रनको योगदान गरे। दुवैले तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए।  

दिनेश खरेलले २५ रन बनाउँदा दिल्साद अली ३१ र शंकर राना १३ रनमा नटआउट रहे । क्याप्टेन आरिफ शेख १४ रनमा आउट भए। 

आर्मीका लागि पवन कार्की र शहाब आलमले समान २ तथा आकाश चन्द र भीम सार्कीले समान एक विकेट लिए।  

यसअघि ९ विकेटको क्षतिमा १७८ रनबाट बिहीबार तेस्रो दिनको खेल थालेको आर्मी २२६ रनमा अलआउट भएको थियो। आकाश चन्दले ३७, कुशल मल्लले ३६, शहाब आलमले ३३ र सोमपाल कामीले नटआउट २३ रन बनाए।

पुलिसका लागि सागर ढकालले ४ तथा करण केसी र ललित राजवंशीले समान ३ विकेट लिए।  

पहिलो इनिङसमा आर्मी र पुलिसले समान २२१ रनको योगफल तयार पारेका थिए। 

प्रकाशित: ५ चैत्र २०८२ १५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App