१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गगन थापाको आर्थिक दृष्टिकोणः स्वतन्त्रता र पुँजीवादी अर्थ व्यवस्था एक अर्काका पुरक

नेपाली कांग्रेसका नेता गगन कुमार थापाले ‘स्वतन्त्रता र पुँजीवादी अर्थ व्यवस्था एक अर्कासँग गाँसिएको बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा महामन्त्रीका उम्मेदवार थापाले सार्वजनिक गरेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणा पत्रमा आफ्नो आर्थिक दृष्टिकोण सार्वजनिक गरेका हुन्।

सामाजिक लोकतन्त्रले पुँजीवादी अर्थव्यवस्थाले प्रदान गर्ने लाभहरुलाई अंगाल्दै यसका अवाञ्चित पक्षलाई उचित नियमनका माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन्। ‘पुँजीवादी व्यवस्थाको अनपेक्षित परिणामबाट नागरिकहरुलाई सुरक्षित गर्न उपयुक्त सामाजिक नीतिहरुको उपयोग गर्ने राजनीतिक व्यवस्था सृजना गर्छ,’ थापाले सार्वजनिक गरेको अवधारणा पत्रमा लेखिएको छ, ‘पुँजीबादी अर्थ व्यवस्थामा समस्या छैन भन्ने होइन, तर, समस्याहरुको समाधान पनि छ।’

उपयुक्त नीतिगत हस्तक्षेपमार्फत आर्थिक तथा सामाजिक क्षेत्रमा न्याय, राज्यका स्रोत तथा सेवाहरुमा सबै नागरिकरुको समान पहुँच र धिकार सुनिस्चित गर्नुपर्ने बताएका छन्। ‘लोकतन्त्र र पुँजीवादी अर्थव्यवस्थाको सम्मिश्रण रहेको सामाजिक लोकतन्त्रको फ्रेमवर्कमा सम्भव छ,’ थापाले भने, ‘समुन्नति हासिल गर्नका लागि नागरिक सक्षम, सवल र स्वाधिन हुन आवश्यक छ।’

प्रकाशित: २३ मंसिर २०७८ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App