४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवालाई भोट माग्दै निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सभापति पदका लागि शेरबहादुर देउवालाई मत दिन महाधिवेशन प्रतिनिधिहरुसँग आग्रह गरेका छन्।

यसअघि सभापति पदमा देउवाकाे विरूद्धमा लडेका निधिले आज उनकाे पक्षमा भाेट मागेका हुन्।

आज एक विज्ञप्ती जारी गर्दै नेता निधिले आफूलाई विश्वास गरि मत दिने सबैमा आभार व्यक्त समेत गरेका छन्। उनले सभापति पदमा देउवालाई समर्थन गर्नै भन्दै विज्ञप्तीमा लेखेका छन्, 'सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्विकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु।'

निधिले सभापति पदका लागि भएको पहिलो चरणको निर्वाचनमा २४९ मत प्राप्त गरेका थिए। आज हुने दोस्रो चरणको निर्वाचनमा निधिले देउवाका पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि हिजो मिति २०७८ मंसिर २७ गते काठमाण्डौँमा भएको निर्वाचनमा मलाई साथ दिने साथीहरु र मलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरु प्रति हार्दिक आभार प्रकट गर्दछु। सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्विकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु।

पहिलो चरणको निर्वाचनमा मलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरुलाई दोस्रो चरणको मतदानमा सभापति पदमा शेरबहादुर देउवाजीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुलाई अनुरोध गर्दछु। धन्यवाद।

जय नेपाल!  

तपाईहरुको साथी,  

विमलेन्द्र निधि

प्रकाशित: २८ मंसिर २०७८ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App