डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले पार्टी उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाट निलम्बन गरेको छ। साहलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको हो।
पार्टी र पार्टी नेतृत्वका विरुद्ध कुप्रचार गरेको, राष्ट्रिय उपाध्यक्ष पदमा बसेर पनि पार्टीका प्रति जवाफदेही नभएको, उल्टै पार्टी विभाजनका लागि प्रयत्न गरेकोलगायतका आरोप लगाउँदै पार्टीले यसअघि स्पष्टीकरण सोधेको थियो।
स्पष्टीकरणको जवाफ साहले समयावधिभित्रै बुझाएका थिए तर, चित्तबुझ्दो नभएको भन्दै पार्टीले उनलाई ६ महिनाका लागि निलम्बन गरेको हो।
'पार्टी अध्यक्षज्यूको पारिवारिक मामिलामा तपाईंकी श्रीमतीले प्रहरीमा उजुरी दिन गएको, पत्रकारकहाँ अन्तर्वार्ता दिँदा सँगै रहेको सबै प्रमाणित तथ्य हुन्। पार्टी अध्यक्षज्यूको पारिवारिक मामिलामा यसरी षड्यन्त्र गर्ने र त्यस पारिवारिक विषय उठाएर उल्टा कार्यकर्ता र विभिन्न ठाउँमा अध्यक्षज्यूलाई हटाउन लबी गर्नु अक्षम्य अपराध हो,' साहलाई हटाइएको पत्रमा भनिएको छ।
प्रकाशित: २२ चैत्र २०८१ १५:२१ शुक्रबार