१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

मोरङमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ। शुक्रबार विराटनगरस्थित जिल्ला समन्वय समिति मोरङको कार्यालयमा प्रमुख निर्वाचन अधिकृत र मोरङ क्षेत्र नम्बर ६ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।  

कार्यालयको मोरङका प्रमुख निर्वाचन अधिकृत भिष्मराज प्रसाईले उद्घाटन गरे। यस्तै मोरङको क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय उर्लावारीमा, क्षेत्र नम्बर २ को रतुवामाईमा, क्षेत्र नम्बर ३ को वेलवारीमा, क्षेत्र नम्बर ४ को विराटनगर–३ स्थित हृदयन्द बाल उद्यानमा र क्षेत्र नम्बर ५ को विराटनगरस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा स्थापना छ।

निर्वाचन आयोगले पुस २० गते मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश भिष्मराज प्रसाईलाई मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर ६ को निर्वाचन अधिकृत नियुक्त गरेको थियो ।

यस्तै मोरङ क्षेत्र नं १ को निर्वाचन अधिकृतमा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश घिमिरे, क्षेत्र नं २ मा सोलुखुम्बुका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद आचार्य, क्षेत्र नं ३ मा सर्वोच्च अदालतका इजलास अधिकृत रुद्रप्रसाद अर्याल, क्षेत्र नं ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत घनेन्द्र अधिकारी र क्षेत्र नं ५ मा सर्वोच्च  अदालतका इजलास अधिकृत मदनप्रसाद पराजुलीलाई नियुक्त गरेको थियो।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै मोरङमा प्रतिनिधिसभा निर्वाचनका काम हरेक निर्वाचन क्षेत्र स्तरबाटै सुरु भएको छ।

प्रकाशित: २ माघ २०८२ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App