२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने वरिष्ठ नेता पौडेलको निर्णय

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका छन्।

पार्टीको चौधौं महाधिवेशनको बन्द सत्र चलिरहँदा वरिष्ठ नेता पौडेलले प्रेस विज्ञप्तिमार्फत् सो निर्णय गरेका हुन्। उनले विज्ञप्तिमार्फत् भनेका छन्, ‘पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने थलोमात्र हैन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ। म नेपाली काँग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनदीधिहरुलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ , सबल र एकतावद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु।’

उनले अहिले काँग्रेसमा विचलन आइरहेको जनाउँदै अहिले पार्टी सत्ताको भर्याङमा सीमित भएकोमा असन्तुष्टि समेत पोखेका छन्। विज्ञप्ति:

प्रकाशित: २५ मंसिर २०७८ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App