२४ पुस २०८१ बुधबार
image/svg+xml

भौतिक निर्माणमा अल्झिँदै समृद्धि यात्रा

पूर्वाधारमा पनि संघीयदेखि प्रदेश र स्थानीय सरकारको बढी लगानी सडक निर्माण र त्यसैको स्तरोन्नतिमा देखिन्छ। जिल्लाबाट विजयी सभासद्मार्फत आउने निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमका योजनासमेत बढीजसो सडक र पूर्वाधारमै केन्द्रित छन्।

विश्वप्रसिद्ध आइफल टावर १०४ दिनपछि खुल्यो

विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रूपमा रहेको आइफल टावर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

वर्षातसँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ ।

दुई वर्षमा पनि भएन पाँच प्रतिशत काम

आफैं प्रहरी कार्यालयमा उपस्थित भएका, पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्यु–टावरका विवादास्पद ठेकेदार मनोज भेटुवालमाथि अनुसन्धान थालिएको छ।

‘अब फोन गर्न डाँडा चढ्नु पर्दैन’

धार्चे गाउँपालिका ३ उहियामा नेपाल टेलिकमले टावर सञ्चालनमा ल्याएसँगै स्थानीयलाई फोन गर्न एक घण्टा हिडेर डाँडा काट्नुपर्ने बाध्यता हटेको छ। ‘हामीले शनिबारदेखि टावर छाडेका हौँ, एक हप्ता अघि केरौँजाको टावर पनि चलेको छ’ नेपाल टेलिकम गोरखा शाखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले भने ‘धार्चे गाउँपालिका भरी अब टेलिफोन चल्ने भएको छ।’

फोन टावर निर्माण व्यवसायीले टेरेनन् सांसद र सिडिओलाई

जाजरकोटका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन टावर निर्माणको जिम्मा लिएको एक भारतीय कम्पनीका निर्माण व्यवसायीहरुले यहाँका जनप्रतिनिधि र स्थानीय प्रशासनलाई नटेरेको पाइएको छ। दुई वर्षअघि जिल्लाका विभिन्न ६ वटा स्थानहरुमा टेलिफोन टावर निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एमएस अस्टर प्रालिका प्रतिनिधिहरुले जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनसंग गरेको दुई पटकका लिखित बाचाहरु समेत वेवास्ता गर्दै टावर निर्माणको काम समयमै पूरा नगरेका हुन्।

एनसेल टावरमा बम विष्फोट

जिल्लाको देउमाई नगरपालिकास्थित जितपुरमा रहेको निजी मोबाइल कम्पनी एनसेलको टावरमा अज्ञात समूहले बम विष्फोट गराएको छ।

एनसेल टावरमा आगजनी

गोरखाको शहिद लखन गाउँपालिका १ बक्राङस्थित एनसेल टावरमा आगजनी भएको छ। गएराति अज्ञात समूहले टावरमा प्रयोग भएको तारमा आगो लगाएपछि उक्त टावर अवरुद्ध भएको हो।

बिटिएस टावर निर्माण अलपलत्र

दुर्गममा मोबाइल नेटवर्क प्रभावकारी बनाउनका लागि ओखलढुंगाका आठवटा स्थानमा निर्माण थालिएको बिटिएस टावरको काम वर्षौंदेखि अलपत्र परेको छ।

आठ बीटीएस टावरको काम अलपत्र पारेर निर्माण कम्पनी सम्पर्कविहीन

दुर्गममा मोबाइल नेटवर्क प्रभावकारी बनाउनका लागि ओखलढुंगाका आठ वटा स्थानमा निर्माण थालिएको बीटीएस टावरको काम वर्षौदेखि अलपत्र परेको छ। करिब चार वर्षअघि नेपाल टेलिकमद्वारा जिल्लाको आठ स्थानमा निर्माण थालिएको बीटीएस टावरको काम अलपत्र परेको हो।

काठमाडौंको केन्द्रमा दक्षिण एसियाकै पहिलो स्काइ वाल्क टावर

दक्षिण एसियाकै पहिलो स्काइ वाल्क टावरको शिलान्यास गरिएको छ। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, मुख्यमन्त्री शेरधन राई लगायतले शनिबार उक्त टावरको शिलान्यास गरेका हुन्।

टेलिफोन टावर बनाउन भारतीय कम्पनीलाई अल्टिमेटम, ६ महिनाको काम २ वर्षसम्म गरेन

जाजरकोटमा नेपाल टेलिकमका ६ वटा टेलिफोन टावर बनाउन जिम्मा लिएको एक भारतीय कम्पनीलाई यहाँका सरोकारवालाहरुले पुस मसान्तभित्र काम सक्न अल्टिमेटम दिएका छन्।

सञ्चार सेवा अवरुद्ध, टावरको सामान बाटोमै अलपत्र

तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ। दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्