कोरोना भाइरस महामारीका कारण गत मार्चदेखि बन्द आइफल टावर १ सय ४ दिनपछि बिहीबारदेखि पुनः खोलिएको छ । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रूपमा रहेको आइफल टावर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।
बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीसहित करिब ५० जनाले सिँढीबाट आइफल टावरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दूरीको नियम पालना गर्नुपर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने छ ।
प्रकाशित: ११ असार २०७७ १०:१७ बिहीबार