११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कक्षा ११ को परीक्षा पनि विद्यालयबाटै सञ्चालन गर्ने तयारी

कोरोना महामारीका कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १०(इसइई) मूल्याँकन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाईनै आधार बनाए नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को विद्यार्थी मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि ,२०७७ जारी गरेको छ।

प्युठान नगरपालिकाले शुरु गर्‍यो निःशुल्क शिक्षा

प्युठान नगरपालिकाले चालू आर्थिक वर्षमा नगर क्षेत्रमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा कार्यक्रम लागु गरेको छ। यसका लागि नगरपालिकाले चालू आव २०७६/७७ को बजेटमार्फत आवश्यक व्यवस्था मिलाएको जनाएको छ।

सातै प्रदेशको जोड शिक्षामा, बजेटमा छोरी-बुहारीलाई प्राथमिकता

छोरीलाई सानैदेखि घरगृहस्थीमा लगाउने र छोरालाई मात्र स्कुल पठाउने परम्परा छ । जसले गर्दा छोरी कलेजस्तरको शिक्षासम्म पुग्न नसकेको ठहरसहित उनीहरूको पढाइलाई प्रोत्साहन गर्न प्रदेश सरकारले बजेटमै प्राथमिकता दिएका हुन् ।

बालबालिकालाई कसरी पढ्ने ?

पुस्तक पढ्न सजिलो छ, मानिस पढ्न कठिन । पुस्तक पढ्न अक्षर चिने पुग्छ, मानिस चिन्न अक्षर चिनेर मात्र पुग्दैन । मानिस चिन्न सकारात्मक सोच र जीवनप्रतिको आशावादिता चाहिन्छ । अझ बालबालिका चिन्न त उनीहरूको जीवन, सम्वेदना र कर्मसँग नजोडिई कामै छैन

विद्यालय शिक्षा फिनल्यान्डबाट सिकौं

फिनल्यान्डमा जान्ने–नजान्ने सबै विद्यार्थी सँगै बसेर सिक्ने वातावरणको सिर्जना गर्न प्रतिस्पर्धालाई जोड दिइन्न । प्रतिस्पर्धी भावनाले विद्यार्थीमा असन्तोष, ईर्ष्या र द्वेष सिर्जना गर्ने भएकाले सहयोगात्मक भावना अभिवृद्धि गर्ने किसिमका क्रियाकलापमा जोड दिइन्छ ।

एसइई परीक्षा र विद्यार्थी

आन्तरिक परीक्षामा धेरै अंक आए मात्तिएर एसइई बिगार्छन् भन्दै विद्यार्थीकै लागि अंक काटिदिने शिक्षकलाई आन्तरिक परीक्षाको नतीजाको आधारमा मूल्याङ्कन गर्ने कुराले च्वास्स बिजाइहाल्छ। काँचो माटो मानिएका विद्यार्थीलाई विद्यालयले भविष्यमा देशविकासका लागि पिलर बनाउँदाबनाउँदै त्यो दलदलमा फसेको हो कि भन्ने आभास हुन थालेको छ।

मेडिकल शिक्षामा स्नातकोत्तर तहको सिट बाडफाडमा चलखेल

मेडिकलको स्नातकोत्तर तहको एमडीको सिटकोलागि लिइने प्रवेश परीक्षामा चिकित्सा शिक्षा आयोगले चलखेल गरेको भन्दै मेडिकल अफिसरहरू आन्दोलनमा उत्रेका छन् ।

शिक्षामा ‘विभेदपूर्ण निर्णय’

सरकारले विद्यालय खोल्ने निर्णय अव्यवहारिक र विभेदपूर्ण भएको गुनासो आएको छ। जिल्लाका अधिकाशं विद्यालयहरु क्वारेन्टिनका रुपमा प्रयोग भैरहेको समयमा स्कुल प्रसाशन खोल्ने निर्णय आफैमा बुद्धिमता पुर्ण देखिदैन। भारत लगायतका विभिन्न स्थानबाट आएका दर्जनौ स्थानियहरुलाई कोरोना छल्न देश भरका विद्यालयहरु क्वारेन्टिनका रुपमा प्रयोगमा आएका छन्।

ताप्लेजुङमा प्राविधिक शिक्षालय निर्माण कार्य आरम्भ हुने

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा चालू आर्थिक बर्षबाटै हरि नेपाल स्मृति बहुप्राविधिक शिक्षालय निर्माणको प्रकृया सुरु हुने भएको छ । जग्गा व्यवस्थापन सहितका समस्याले अहिले सम्म अल्झिएको यो कार्यले सोमवारबाट गति लिएको हो । फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको सिद्धिडाँडामा बन्ने शिक्षालयका लागि आवश्यक पर्ने जग्गाको बन्दोबस्ती भई त्यसको प्राविधिक स्केच तयार गरिएको छ ।

महानगर मेट्रोमा रेडियो कक्षा

काठमाडौं महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । लकडाउनका बेला वैकल्पिक माध्ययमबाट पठनपाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले महानगरपालिकाले मेट्रो एफएममार्फत बुधबारबाट एकदेखि १० कक्षासम्मको रेडियो शिक्षा सुरु गरेको हो ।

अनलाइन शिक्षाका सम्भावना र चुनौती

प्रविधिको विकाससँगै अनेकौं सम्भावना लिएर आएको अनलाइन शिक्षालाई प्रभावकारी बनाउन विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ ।

शिक्षामन्त्रीको गोलमोटल जवाफ भित्र ‘चाँदीका घेरा’

नयाँ आर्थिक वर्षको लागि विनियोजित बजेट माथी संसदमा मन्त्रालयगत छलफल चलिरहेको छ। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिएका छन्।

काठमाडौं महानगरले विद्यार्थीका लागि रेडियो कक्षा सुरु गर्यो

काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम बुधबारदेखि सुरु गरेको छ। बन्दाबन्दीका बेला पनि वैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत आजबाट कक्षा एक देखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो।

शिक्षामा वैकल्पिक सिकाइ, निजी खुसी, सामुदायिक दुःखी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई आफ्नो परिवेशअनुकूल अघि बढाउन निर्देशन दिएको छ। वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गर्दै मन्त्रालयले असार १ गतेदेखि त्यसलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो।

शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्न विज्ञहरुको सुझाव

कोभिड–१९ ले गर्दा ठूलो सङ्कट भोगेको शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्नुपर्ने र जीवनोपयोगी समस्या समाधानको सीप विकासमा जोड दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्