coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

मेडिकल शिक्षामा स्नातकोत्तर तहको सिट बाडफाडमा चलखेल

मेडिकलको स्नातकोत्तर तहको एमडीको सिटकोलागि लिइने प्रवेश परीक्षामा चिकित्सा शिक्षा आयोगले चलखेल गरेको भन्दै मेडिकल अफिसरहरू आन्दोलनमा उत्रेका छन् ।  

आयोगले चैत्रमा प्रवेश परीक्षा सुरु गर्ने तय गरेर बनाएको मापदन्डमा चलखेल गरी परिवर्तन गरेको भन्दै मेडिकल अफिसरहरूले आपत्ति जनाएका छन् । आयोगले चैत्रमा संचालन गर्ने भनि तय गरेको प्रवेस परीक्षाको सिट सख्या लोकसेवा आयोग पास गरेको हकमा २० प्रतिशत , निजीमा कार्यरत मेडिकल अफिसरहरूको हकमा ७० प्रीतशत र विदेशीको हकमा १० प्रतिशत सिट तोकेर परीक्षाको तालिका सार्वजनिक गरेको थियो ।  

तर कोरोना महामारीको कारण परिक्षा स्थगित भएपछि यसमा चलखेल भएर सिट सख्या परिवर्तन गरिएको अफिसरहरूको आरोप छ । आयोगले हालको अवस्थामा लोकसेवाकालाई ५० प्रतिशत, निजीकोलागि ७० प्रतिशत बाट घटाएर ४० प्रतिशत र विदेशीको हकमा १० प्रतिशत कायम गरी मन्त्री परिषदबाट पास गराउने तयारीको सूचना मेडिकल अफिसरहरूले प्राप्त गरेपछि उनीहरूले सामुहिक रुपमा बुधबार आयोग, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनमा ज्ञापनपत्र बुझाएका छन् ।  

‘आयोगले चलखेल गरैर लोकसेवा पास गरि सरकारी अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्यरतहरूकोलागि ५० प्रतिशत बनाउँदै छ,’निजीमा कार्यरत एक अफिसरले नागरिकसँग भने‘निजी अस्पतालमा कार्यरत अफिसरहरूको सख्या ८ हजार छ । जबकी सरकारी अस्पतालमा मेडिकल अफिसरको सख्या ३ सयि हाराहारीमा छ ।’ ति अफिसरले थपे, ‘हामी ८५ प्रतिशतलाई थप पिडा दिन खोजियो । यो स्वीकार्य हुदैन ।’

प्रकाशित: ३ असार २०७७ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App