७ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

महानगर मेट्रोमा रेडियो कक्षा

काठमाडौं महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । लकडाउनका बेला वैकल्पिक माध्ययमबाट पठनपाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले महानगरपालिकाले मेट्रो एफएममार्फत बुधबारबाट एकदेखि १० कक्षासम्मको रेडियो शिक्षा सुरु गरेको हो । 

प्रत्येक दिन बिहान नौ बजेदेखि साँझ साढे पाँच बजेसम्म रेडियो कक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ । दैनिक रेडियो कक्षाका लागि शिक्षक व्यवस्थापन, विषय तालिका मिलान, दैनिक पाठ योजना स्वीकृत गर्नका लागि दुई तह बनाएर जिम्मेवारी दिइएको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए  ।  

महानगरमा मेयर विद्यासुन्दर शाक्यका अनुसार विद्यार्थीको हातमा किताब पुगिसकेकाले अब रेडियोबाट कक्षा सञ्चालन गर्दा नानीहरूले हातमा किताब लिएर खोलेर, बुझेर पढ्न सक्नेछन् ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App