११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य अनुसन्धान आचारसंहिता २४औं सम्मेलन राजधानीमा

स्वास्थ्य अनुसन्धानसम्बन्धी (फोरम अफ इथिकल रिभ्यु कमिटी इन दि एसिया एन्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) को २४औं शिखर सम्मेलन सोमबारदेखि राजधानीमा सुरु भएको छ। उट्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा हरेक अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहित गर्ने बताए।’ स्वास्थ्य क्षेत्रमा भएका हरेक अनुसन्धानले नयाँ पुस्तालाई सकारात्मक प्रभाव पार्न सकोस्। भविष्यका लागि सोचेर अनुसन्धान गर्न अनुसन्धानकर्तालाई प्रोत्साहित गर्ने छु’, मन्त्री पौडेलले प्रतिबद्धता जनाउँदै भने।

अनुसन्धानसम्बन्धी यो शिखर सम्मेलन नेपालमा पहिलोपटक भएको आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। परिषद्का अध्यक्ष डा. पदमराज जोशीले भने, ‘यस्तो सम्मेलन नेपालमा पहिलोपटक भएको हो।’ नेपालमा स्वास्थ्य अनुसन्धानमा अत्यन्त कम लगानी रहेको र प्रभावकारी आचारसंहिता पालना हुन नसकेको स्थितिमा शिखर सम्मेलनको औचित्य रहेको परिषद्का अध्क्षक्ष डा. जोशीले बताए। विकसित देशका स्वास्थ्य अनुसन्धानकर्तासँगको छलफल, बहस र प्रस्तुतिसहित सम्पन्न हुने सम्मेलनले नेपालमा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा लिएको डा. जोशीले बताए।

कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा हुने अनुसन्धानमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र सरकारबीच सहकार्य हुनुपर्ने बताए। ‘सहकार्यमा अनुसन्धान भएमा प्रतिफल पनि सकारात्मक हुन्छ’, उनले भने। सम्मेलनमा २३ देश र नेपालसहित चार सय प्रत्यक्ष सहभागी हुने र दुई सयजना भर्चुअल रूपमा सहभागी हुनेछन्, जसमा जापान, अमेरिका, बेलायत, फिलिपिन्स, मलेसिया, नर्वे, ग्रिक, केन्या, ब्राजिल, भारत,पोल्यान्ड लगायतका देशबाट विज्ञ प्रतिनिधि सहभागी भएका छन्। अनुसन्धान आचार संहिताका विभिन्न विधामा प्राप्त तीन सयवटा अब्स्ट्र्याक्टमध्येबाट १३ वटा पास्टर प्रस्तुति र ९० वटा मौखिक प्रस्तुति हुने कार्यक्रम छ। यसमा २९ वटा राष्ट्रिय विज्ञ र ६३ वटा अन्तर्राष्ट्रिय विज्ञबाट हुने कार्यक्रम छ।

प्रकाशित: ११ मंसिर २०८१ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App