८ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

ताप्लेजुङमा प्राविधिक शिक्षालय निर्माण कार्य आरम्भ हुने

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा चालू आर्थिक बर्षबाटै हरि नेपाल स्मृति बहुप्राविधिक शिक्षालय निर्माणको प्रकृया सुरु हुने भएको छ । जग्गा व्यवस्थापन सहितका समस्याले अहिले सम्म अल्झिएको यो कार्यले सोमवारबाट गति लिएको हो । फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको सिद्धिडाँडामा बन्ने शिक्षालयका लागि आवश्यक पर्ने जग्गाको बन्दोबस्ती भई त्यसको प्राविधिक स्केच तयार गरिएको छ । नगरप्रमुख छत्रपति प्याकुरेलले शिक्षालयका लागि बिस्तृत परियोजना प्रतिजेदन (डिपीआर) तयारीका लागि शिक्षालय निर्माणस्थलको जग्गाको स्केच तयार गर्न थालिएको जानकारी दिए । 

स्थानीय शिक्षालय निर्माणका लागि स्थानीयहरुले तत्कालका लागि ५० रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने भएका छन् । थप आवश्यक जग्गाका लागि समेत पहल भईरहेको जग्गा व्यवस्थापन कार्यको अगुवाई रहेका स्थानीय इन्द्रबहादुर गुरुङले जानकारी दिए । सिद्धिडाँडाका स्थानीय भरतमान गुरुङ, याममाया गुरुङ,लक्षुमण गुरुङ, छत्रमान गुरुङ, रबिलाल गुरुङ, गंगाप्रसाद गुरुङ,इन्द्रबहादुर गुरुङ र डम्बरहादुर गुरुङ लगायतले ५० रोपनी जग्गा निःशुल्क उलब्ध गराउने भएका छन् ।

 थप आवश्यक जग्गाको पहिचान भईरहेको र जग्गा प्राप्तिका लागि प्रकृया सुरु भईसकेको प्राविधिक शिक्षालय स्थापनाका कार्यका लागि समन्वय गरिरहेका स्थानीय काजीमान गुरुङले जानकारी दिए । प्राविधिक शिक्षालयका लागि चालू आर्थिक बर्षका लागि प्रदेश सरकारबाट एक करोड रूपैंया बजेट बिनियोजन भएको छ । 

तर,आर्थिक बर्ष समाप्त हुन करिव महिना दिन भन्दा कम समय बाँकी रहेको अवस्थामा जग्गा प्राप्तिको प्रक्रियामै लामो समय खर्चिनु परेकोले यसबर्ष डिपीआर तयारी सहितका कार्य मात्र पूरा हुन सक्ने देखिएको छ । सोमवार फुङ्लिङ नगरप्रमुख प्याकुरेल, उपप्रमुख बमहादुर भट्टराई(तारा) सहित नगरकार्यपालिकाका सदस्य र जग्गादाता बीच भएको छलफल यसै आवबाट प्राविधिक शिक्षालय निर्माण कार्यको प्रकृया अघि बढाउने निष्कर्षमा पुगेको थियो । 

प्रकाशित: १ असार २०७७ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App