८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेका हौँ : शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको बताएका छन्।

निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा आइतबार (आज) सिंहदरबारबाट पक्राउ परेका शाहीलगायतका नेता साँझ रिहा भएका छन्। रिहा भएपछि उनले यस्तो बताएका हुन्।

'आज राप्रपाको शक्ति प्रदर्शन होइन, हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आमन्त्रितसम्म गरेका थिएनौँ। आज त कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने  भ्रष्टाचारीहरूको अखडा सिंहदरबारभित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो। त्यसैले हामीले सिंहदरबार भित्रै प्रदर्शन गरेका हौँ,' शाहीले भनेका छन्।

प्रकाशित: ७ वैशाख २०८२ २०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App