४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घ नेपाल केन्द्रीय समितिले पाँच बुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति बनेपछि स्थगित गरिएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए।

मधेस राजनीतिमा सिके सकस

राउतको पार्टीले किसानको नाममा आफ्नो राजनीतिक रोटी सेक्ने प्रयत्न गरेको एकथरी बुद्धिजीवीको टिप्पणी छ। अर्कोथरीले राउतको मुद्दा जायज भएपनि प्रस्तुति गलत भएको टिप्पणी गर्छन्। किसानले मलखाद नपाउने अहिलेको समस्या होइन। निर्वाचनअघि यो मुद्दा चर्काउनुले राउतको चुनावी रणनीतिलाई प्रस्ट्याएको बताउनेको फेहरिस्त लामै छ। तर राउत यस भनाइलाई अस्वीकार गर्छन्।

विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय

मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ।

जनमत पार्टीले गरुडामा गर्‍यो मसाल जुलुस प्रदर्शन

किसान आन्दोलन गरिरहेको जनमत पार्टीले रौतहटको गरुडामा मसाल जुलुस प्रदर्शन गरेको छ।

आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा रौतहटमा तीन फायर अश्रु ग्याँस प्रहार

रौतहटको फतुवा विजयपुर नगरपालिकामा सोमबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ। झडपमा प्रहरीले आन्दोलनकारीमाथि तीन फायर अश्रु ग्याँस प्रहार गरेको छ।

सडक ठेक्का तोड्न माग गर्दै आन्दोलन घोषणा

भक्तपुरस्थित नगरकोट सडकको ठेक्का तोड्न माग गर्दै चाँगुनारायण नगरपालिकाले आन्दोलनको घोषणा गरेको छ।

कोइरालामा आउला कांग्रेस नेतृत्व?

बिपी र मातृकाबीचको झगडाका कारण पार्टीले विभाजन बेहोरेको झन्डै ७० वर्षपछि यतिखेर कोइराला परिवारको तेस्रो पुस्ता कांग्रेस नेतृत्वमा पुग्न तम्सिएको छ। १३औं महाधिवेशनको सम्मुखमा तत्कालीन सभापति सुशील कोइरालाको निधनसँगै कांग्रेसको मूल नेतृत्वबाट बाहिर परेको कोइराला परिवार १४औं महाधिवेशनमा नेतृत्वमा पुग्ने कसरतमा छ।

लोकतन्त्रप्रति राप्रपाको लय

राप्रपाले नेतृत्वमा पुग्न जति अनुदारवादी अडान लियो, त्यति सहज हुन सक्छ। आमनागरिकमा स्थापित हुन भने राप्रपाले पनि आफूलाई समय प्रवाहसँगै हिँडाउनु आवश्यक हुन्छ।

कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोहः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताएका छन्।

दलित आन्दोलनमा डायस्पोरा

अहिले युरोप, अमेरिका तथा अस्ट्रेलियामा मात्र दलित संख्या १२ हजार भन्दा बढी छ। उनीहरूले नेपालको दलित आन्दोलनमा पुर्‍याएको योगदान अतुलनीय छ।

अन्नदाताको शक्तिसँग झुक्न बाध्य मोदी

असाध्यै शक्तिशाली ठान्दै कसैसँग पनि झुक्न नमान्ने अहं पालेर अघि बढेका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी किसानसामु भने गल्याकगुलुक हुनुले अन्नदाताको शक्ति कस्तो हुन्छ भन्ने पुष्टि भएको छ।

बार एशोसिएसनद्वारा थप कार्यक्रम घोषणा, कहिले, के गर्दै(विवरणसहित)

हतियारसहतिको दंगा प्रहरीको ठूलो संख्यामा तैनाथ गरी कानून व्यवसायीहरुलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा देशभरका सबै अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्धाहरुमा बहस नगर्ने निर्णयलाई कार्यान्वयन गर्ने समेत जनाएको छ।

प्रधानन्यायाधीशविरुद्ध बुधबारबाट तेस्रो चरणको आन्दोलन गर्नेः अध्यक्ष श्रेष्ठ

मंगलबार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो। धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधबारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताए।

आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आग्रह

उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयम सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्