coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीशको आग्रह

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आग्रह गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आग्रह गरेका हुन्।

उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयम सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको बताएका छन्।

प्रधानन्यायाधीश राणाले न्यायालयमा अहिले देखिएको विवादको निरूपण गर्नु सबैको दायित्व भएको बताएका छन्।

‘आज न्यायपालिकाभित्र उत्पन्न भएको गतिरोधका कारण नागरिकका प्रश्नहरू हामीतर्फ नै सोझिएका छन्। जनताले विश्वासको शीरमा राख्दै आएको यस संस्थाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिका भित्रका सबै अवयवहरूको साझा दायित्व हो,’ उनले भनेका छन्।

 

प्रकाशित: २९ कार्तिक २०७८ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App