अन्ततः को रुने, को हाँस्ने ?
प्रचण्ड बहुमतको सरकारले तय गरेको यात्राबाट मुलुक अहिले सङ्गीन मोडमा आइपुगेको छ– कानुनसम्मत जुट, लुट र फुटको त्रिवेणी हुँदै। संविधान, विधान, नियम कानुन सब व्यक्तिकेन्द्रित बनाउने प्रयास जारी छन्। अपराध र राजनीति सहयात्री बनेका छन्। अब बन्ने सत्ता समीकरणले पनि यसै सेरोफेरोबाट अगाडिको यात्रा तय गर्नुपर्ने देखिन्छ।
