२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बार एशोसिएसनद्वारा थप कार्यक्रम घोषणा, कहिले, के गर्दै(विवरणसहित)

न्यायपालिकाको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गरी न्यायपालिकाको समग्र सुधार र सुदृढिकरणका लागि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरी गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले विरोधका थप कार्यक्रम सार्वजनिक गरेको छ।

एशोसिएसनको शुक्रबार बसेको बैठकले थप कार्यक्रम गर्ने निर्णय गरेको हो।

बैठकले गत आइतबार अदालतभित्र दंगा प्रहरी प्रवेश गराउने, कानून व्यवसायीको शान्तिपूर्ण धर्ना, विरोध कार्यक्रमलाई दबाउन हतियारसहतिको दंगा प्रहरीको ठूलो संख्यामा तैनाथ गरी कानून व्यवसायीहरुलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा देशभरका सबै अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्धाहरुमा बहस नगर्ने निर्णयलाई कार्यान्वयन गर्ने समेत जनाएको छ।

बैठकले यसअघिजस्तै देशभरका अदालतहरुमा १० बजेदेखि १२ बजेसम्म कालोपट्टी सहित धर्ना दिएर मंसिर ६ गते सोमबार केन्द्रमा संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलहरुमा ज्ञापनपत्र दिने कार्यक्रम सार्वजनिक गरेको छ। यस्तो छ कार्यक्रम:

प्रकाशित: ४ मंसिर २०७८ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App