२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बार्सिलोनाको सम्भावना जीवित

लियोनल मेसी र ओसामाने डेम्बेलेको समान एक गोलप्रेरित बार्सिलोनाले शनिबार सेभियामाथि २–० को जितका साथ स्पेनिस ला लिगाको शीर्ष टोली एट्लेटिकोसँगको दूरी २ अंकमा झारेको छ।

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ।

अवैध लागुऔषध र चोरीका सामानसहित उदयपुरमा ६ जना पक्राउ

लागुऔषध र चोरीको अभियोगमा उदयपुर प्रहरीले आधा दर्जनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै पक्राउ व्यक्ति, लागुऔषध तथा चोरीका सुनचाँदीका गहना सार्वजनिक गरेको हो ।

चीनको असहयोगले चिनियाँ सामान भारत हुँदै आयात

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार उत्तरी छिमेकी चीनले असहयोग गरेपछि व्यापारीले चीनबाट ल्याउने सामान भारतको बाटो हुँदै ल्याउन थालेका छन्।

तस्करीका सामान बरामद

विराटनगरका विभिन्न स्थानबाट तस्करीका सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाट ठूलो परिमाणमा लत्ताकपडा, कस्मेटिकलगायतका सामाग्री बरामद गरेको छ।

गाउँगाउँमा म्याद गुज्रेका सामान

दसैं नजिकिँदै गर्दा व्यापारीले खान अयोग्य म्याद नाघेका दैनिक उपभोग्य सामग्री गाउँ पठाउन थालेका छन्। विश्वभरि फैलिएको कोभिड–१९ न्यूनीकरण गर्न लामो समयको बन्दाबन्दी र बेलाबेला लागेका निषेधाज्ञाले बिक्री नभएका त्यस्ता सामान व्यापारीले गाउँ पठाउन थालेका हुन्।

म्याद सकिएका सामानमा मिति मेटेर नयाँ लेवल, यस्तो छ विशाल ग्रुपसँग कनेक्सन

दुई ठूला पर्व दसैं र तिहार सम्मुखमा छन्। यस्तो बेला कालोबजारी हुने गरेका घटना नौला होइनन्। कालोबजारी नियन्त्रणका लागि सरकारी निकायले अनुगमन पनि गरिरहेका हुन्छन्। तर बिहीबार फरक घटना बाहिरिएको छ।

ब्ल्याक प्लस डेकरका सामान बजारमा

चौधरी ग्रुप अन्तर्गतको सिजी इम्पेक्सले अमेरिकी ब्रान्ड ब्ल्याक प्लस डेकरका घरायसी सामान नेपाली बजारमा ल्याएको छ ।

सीमामा सुरक्षा सर्तकता : लाखौको अवैध माल सामान बरामद

बिहिबार सशस्त्र प्रहरी टोलीले २ लाख बढिको अवैध सामान बरामद गर्यो । बुधबार राती निस्केको गस्ती टोलीले बिहिबार बिहान सम्म ८३ किलोमिटर खुला सीमाबाट बिभिन्न नाकाबाट चोरी पैठारी गरिहरको अवस्थामा दुई लाख १९ हजार बराबरको अवैध सामान बरामद गरेको हो । पछिल्लो समय सीमामा पूर्ण रुपमा बन्दा बन्दी अवस्थामा रहेपनि प्रतिनिधि मूलक घटनाले सशस्त्र प्रहरी सक्रिय रहेको पुष्टि भएको छ ।

सामुदायिक विद्यालयलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण

रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्रका सबै सामुदायिकलाई ६६ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । नगरभित्र रहेका १७ वटा सामुदायिक विद्यालयलाईउच्च स्तरको तातो चिसो आउने प्रबिधिको फिल्टर र छात्राहरुका लागि सेनेटरी प्याड विद्यालयलाई उपलब्ध गराइएको हो ।

तस्करीका सामान बरामद

सीमा क्षेत्रमा हुने गरेको चोरी, तस्करीमा संलग्नहरू समस्याको मौकाको फाइदा उठाउँदै तस्करी बढाउने गरेका छन् । विभिन्न समयमा आइपर्ने प्राकृतिक विपद् होस् वा अन्य कुनै विपद्मा प्रहरीहरू त्यसतर्फ ध्यान दिँदै गर्दा तस्करीहरू व्यापक रूपमा सामान ओसारपसार गर्दै आएका छन् ।

चोरीका सामानसहित तीन जना पक्राउ

मोरङको पथरीशनिश्चरे बजारमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पथरी बजारमा विभिन्न समयमा मोटरसाइकल र पसल चोरी गर्ने समूहका तीन जनालाई सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पथरीशनिश्चरे–१० का २० वर्षीय निमा तामाङ, बेलबारी–२ का २० वर्षीय पृतिमान भण्डारी र बेलबारी–२ कै २२ वर्षीय अभिषेक कट्टेललाई चोरीको मोटरसाइकलसहित पथरीशनिश्चरे–९ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतमा टिकटकमाथि प्रतिबन्ध

नयाँदिल्लीको एउटा प्रमुख होटल संघले आफ्ना सदस्य होटलहरुले चिनियाँ पर्यटकलाई आश्रय नदिने तथा चीन निर्मित सामान पनि प्रयोग नगर्ने घोषणा गरेको थियो।

अहिलेसम्म तातोपानी भएर के के मेडिकल सामान आए ?

चीनबाट आइतबार एकै दिन कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि अत्यावश्यक चार कन्टेनर मेडिकल उपकरण तथा सामाग्री तातोपानी नाकामा आइपुगेका छन् । अत्यावश्यक सामाग्री आपूर्ति गर्न बन्द सीमा नाका पुनः सञ्चालनमा ल्याइएपछि पहिलो पटक ठूलो परिमाणमा मेडिकल सामान आयात भएको हो । ‘यो पटक निकै महत्वपूर्ण मेडिकल उपकरण र सामाग्री आएका छन्,’ तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर कार्कीले नागरिकसँग भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्