१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अवैध लागुऔषध र चोरीका सामानसहित उदयपुरमा ६ जना पक्राउ

लागुऔषध र गरगहनासहित पक्राउलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिरः महेश्वर

लागुऔषध र चोरीको अभियोगमा उदयपुर प्रहरीले आधा दर्जनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै पक्राउ व्यक्ति, लागुऔषध तथा चोरीका सुनचाँदीका गहना सार्वजनिक गरेको हो ।  

पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार सोमबार साँझ ५ बजे सदरमुकाम त्रियुगा ननगरपालिका ६ जलजलेबाट विशेष सुराकीका आधारमा खटेको टोलीले सिराहाको लहानबाट गाईघाटतर्फ आउँदै गरेको सवारी साधनमा चेकजाँच गर्दा लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । चेकजाँचको क्रममा डाइजेपाम २१ एम्पुल (थान), फेनार्गन २१ एम्पुल, लुपिजेसिउ २१ एम्पुल गरी ६३ एम्पुल र २ थान सिरिन्ज बरामद भएको छ । सो लागुऔषधसहित त्रियुगा १ का ३२ वर्षीय विदुर अधिकारी, त्रियुगा १४ का २६ वर्षीय कुमार मगर, त्रियुगा १३ का २५ वर्षीय सागर चौधरी, त्रियुगा १२ का १५ वर्षीय राजाराम भगत, त्रियुगा ११ का २६ वर्षीय असिम राई र सुनसरी ईटहरी उपमहानगरपालिका २ का २५ वर्षीय अभिषेक जैसवाल पक्राउ परेको सम्मेलनमा जानकारी दिइयो ।

त्यसैगरी सोमबारै राति चोरी अभियोगमा त्रियुगा ११ का २६ वर्षीय बालकुमार बुढाथोकी पक्राउ परेका छन् । उनले त्रियुगा १२ का  राजकुमार श्रेष्ठको घरबाट ल्यापटप १ थान ओप्पो कम्पनीको मोबाईल १ थान र १२ कै रुपा खड्काको घरबाट सुनको बाला १ थान, औठी ३ थान, चाँदीको कल्ली ४ थान, चाँदीका पाउजु २ थान, चाँदीकै सिक्री ३ थान चाँदीको ब्रास्लेट २ थान, चाँदीका औठी ३ थान चोर्दै गरेको भेटेर सामानसहित नियन्त्रणमा लिएको जनाएको छ ।  

यसअघि सोमबार दिउँसो कटारी नगरपालिका ८ सानो दमारस्थित सिद्दिचरण लोकमार्गबाट १ सय २१ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । कटारी नगरपालिकाको बेतिनीबाट कटारीतर्फ आउँदै गरेको स १ च ८०४ नं. को बोलेरोमा अदुवाको बोरामा लुकाएर लाँदै गरेको अवस्थाको गाँजासँगै सवारी धनी ताप्ली गाउँपालिका ३ निगालबास स्थायी घर भई सिरहाको धनगढीमाई नगरपालिका १० जिरोमाईलमा बस्दै आएका ४१ वर्षीय सन्तबहादुर मगर पक्राउ परेका हुन् ।  

प्रहरीले लागुऔषध, सुनचाँदीका गहना र गाँजासहित उनीहरु सबैलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । पक्राउ सबैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले सम्मेलनमा बताएका छन् ।

प्रकाशित: २८ माघ २०७७ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App