२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तस्करीका सामान बरामद

विराटनगरका विभिन्न स्थानबाट तस्करीका सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाट ठूलो परिमाणमा लत्ताकपडा, कस्मेटिकलगायतका सामाग्री बरामद गरेको छ।  

रायले भारतबाट तस्करी गरि ल्याएका सामानहरू घरमा लुकाइराखेको सूचनाका आधारमा पुगेको प्रहरीले १ लाख ६७ हजार ३ सय रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। यस्तै विराटनगर–९ स्थित सडक किनाराबाट बेवारिसे अवस्थामा राखिएको १ लाख ४३ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा र किरानाका सामानहरू बरामद भएको छ।  

तस्करी गरेर ल्याउँदै गरेका व्यक्तिहरूले प्रहरी देखेपछि सामान छाडेर भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। नेपाल–भारत सीमा नाका बन्द भए पनि मोरङका विभिन्न स्थानबाट तस्करी गर्नेक्रम भने रोकिएको छैन।

प्रकाशित: २६ कार्तिक २०७७ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App