५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तस्करीका सामान बरामद

विराटनगरका विभिन्न स्थानबाट तस्करीका सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोललिे विराटनगर–१६ दरैयाका राहुल रायको घरबाट ठूलो परिमाणमा लत्ताकपडा, कस्मेटिकलगायत सामग्री बरामद गरेको छ। 

रायले भारतबाट तस्करी गरी ल्याइएको १ लाख ६७ हजार ३ सय रुपैयाँ मूल्यबराबरको सामान घरमा लुकाइराखेको सूचनाका आधारमा पुगेको प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

यस्तै विराटनगर–९ स्थित सडककिनारबाट बेवारिसे अवस्थामा राखिएको १ लाख ४३ हजार रुपैयाँ मूल्यबराबरको लत्ताकपडा र किराना सामान बरामद भएको छ। 

तस्करी गरेर ल्याउँदै गरेका व्यक्तिले प्रहरी देखेपछि छाडेर भागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। नेपाल–भारत सीमानाका बन्द भए पनि मोरङका विभिन्न स्थानबाट तस्करी गर्ने क्रम भने रोकिएको छैन।

प्रकाशित: २७ कार्तिक २०७७ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App