२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भ्यानसहित ६० लाख बढीको सामान बरामद

पूर्वीनाका काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएका ६० लाख रुपैयाँ बढीका सामानसहित मे१ज १८०७ नंको बोलेरो पिकअप भ्यान पक्राउ परी प्रहरीले क्षेत्रीय राजश्व कार्यालय इटहरी पठाएको छ।

हिमपहिरोेमा हराएका पदयात्रीका सामान भेटिए

एबिसी पदमार्गमा हिमपहिरोमा परी चार कोरियाली र तीन नेपाली पदयात्री गत माघ ३ गतेदेखि हराइरहेका छन्। अधिक हिउँ थुप्रिएकाले पदयात्री तत्काल भेटिन मुस्किल रहेको पदयात्रा व्यवसायीले बताएका छन्।

चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने

चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ। गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो।

अझै ‘खच्चर’ कै भरमा सामान ढुवानी

भोजपुर जिल्ला सडक यातायातसँग जोडिएको एक दशक पुग्दासमेत धेरै स्थानमा अहिले पनि खच्चरको भरमा ढुवानी गर्नुपर्ने बाध्यता हटेको छैन।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या

हलेसी तुवाचुङ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएपछि कर्मचारीबीच द्वन्द्व सिर्जना भएको छ।

चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४ घण्टे यस सपिङ कार्यक्रमको उद्घाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेकी थिइन्।

तस्करको गोदाममा प्रहरीको छापा, १३ लाख बराबरको सामान बरामद

शनिबार विहान लहान प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाढीबाट भारी परिमाणमा तस्करीको सामान बरामद गरेको छ।

पारि बजार खचाखच वारि सुनसान

धनगढी उपमहानगरपालिका–८ का रमेशकुमार दाहाल दसैंका लागि सरसामान खरिद गर्न धनगढी बजारदेखि करिब ६ किलोमिटर दूरीमा रहेको सीमावर्ती बजार वनगाउँ पुगे। उनले खाद्यान, दैनिक उपभोग्य सामग्रीदेखि लुगाकपडासमेत खरिद गरेर ल्याएका छन्।

एक सय २५ कर्मचारी यता न उता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चैत १४ गते संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजनको काम पूरा भएको घोषणा गरे। समायोजन सकिएको घोषणा भएको पाँच महिना पूरा भइसकेको छ। तर, समायोजन भइसके भनिएका एक सय २५ कर्मचारी अझै यता न उता भएर अलपत्र अवस्थ।

उडिरहेको हेलिकोप्टरबाट सामान खसेपछि...

फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन्।

सुरक्षित छैन यात्रुको सामान

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरीको फेरि दोहोरिन थालेको हो। केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लोपटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री ओलीलाई गत बिहीबार उपचारका लागि साताकै बीचमा दोस्रो पटक सिंगापुर लगिएको हो। त्यसअघि उनी १० दिन सिंगापुरमा उपचारका लागि गएका थिए।

समायोजनका कर्मचारीलाई हाजिर गराउन निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएर गएका स्थानीय तहका कर्मचारीलाई हाजिर गराउन निर्देशन दिएको छ। समायोजन भएर गएका कर्मचारीलाई स्थानीय तहमा हाजिर गर्न नदिएपछि मन्त्रालयले हाजिर गराउन निर्देशन दिएको हो।

गुनासो सम्बोधन गर्ने बहानामा आफ्नालाई रोजेको ठाउँ

साविकका स्थानीय तहका १० हजार ५सय ४०, साविकका जिविसबाट १ हजार २सय ४१ र अन्य सेवाबाट ३ सय १६ कर्मचारी गरी १२ हजार ९७ कर्मचारीहरु स्थानीय तहमा समायोजन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्