२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सामान स्टक राख्दा बजारमा अभाव

ललितपुर – उपभोक्ताले आवश्यकताभन्दा बढी सामान खरिद गरेर घरमा स्टक राख्दा बजारमा ग्यासको अभाव देखिएको पाइएको छ। सरकारी निकायले आइतबार गरेको अनुगमनका क्रममा अन्य उपभोग्य वस्तुको अभाव नदेखिएतापनि ग्यासको अभाव हुन थालेको भेटिएको हो।

भारतबाट ग्यास सिलिन्डर आयातमा कुनै कमी नआउँदा पनि नेपाली बजारमा ग्यासको अभाव देखिनु आवश्यकताभन्दा बढी खरिद गर्नु रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरको भनाइ छ। जिल्ला प्रशासन कार्यालय, प्रहरी र ललितपुर महानगरपाले गरेको बजार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुमा कुनै अभाव रहेको भेटिएको छ। ललितपुर महानगरपालिकी उपमेयर गीता सत्यालले उपभोक्ताकै हल्लै हल्लाले बजारमा समस्या देखिन थालेको बताइन्। उनले खाद्यान्न सामग्रीमा कुनै अभाव नदेखिएपनि ग्यास सिलिण्डर भने स्टक नभेटिएको बताइन्। ‘बाहिर जति हल्ला छ, बजारमा त्यस्तो छैन, हरेक सामान सहजै पाइन्छ, उपभोक्ताले धेरै खरिद गरेर स्टक राख्दा ग्यासको अभाव देखिएको छ,’ उनले भनिन्। महानगरले आइतबार पुल्चोक, झस्मिखेल र जावलाखेल क्षेत्रका खाद्यान्न स्टोरमा अनुगमन गरेको थियो। बजारमा दैनिक उपभोग्य सामग्रीको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले पनि निरन्तर अनुगमन थालेको छ। खाद्य स्टोर, फार्मेसी, ग्यास पसललगायतमा जिल्ला प्रशासनले अनुगमन गर्दै आइरहेको हो। ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले हल्लाको पछि लागेर जथाभावी सामान खरिद गरी घरघरमा स्टक राख्ने बानीले बजारमा सामग्रीको अभाव देखिन सक्ने बताए। उनले कालोबजारी वा सामान लुकाएको देखेमा प्रशासनलाई खबर गर्न आग्रह गरे।

प्रकाशित: ३ चैत्र २०७६ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App