२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सीमामा सुरक्षा सर्तकता : लाखौको अवैध माल सामान बरामद

सशस्त्र प्रहरीले बरामद गरेको अवैध सामान । तस्बिर : निर्मल/नागरिक

बिहिबार सशस्त्र प्रहरी टोलीले २ लाख बढिको अवैध सामान बरामद गर्यो । बुधबार राती निस्केको गस्ती टोलीले बिहिबार बिहान सम्म ८३ किलोमिटर खुला सीमाबाट बिभिन्न नाकाबाट चोरी पैठारी गरिहरको अवस्थामा दुई लाख १९ हजार बराबरको अवैध सामान बरामद गरेको हो । पछिल्लो समय सीमामा पूर्ण रुपमा बन्दा बन्दी अवस्थामा रहेपनि प्रतिनिधि मूलक घटनाले सशस्त्र प्रहरी सक्रिय रहेको पुष्टि भएको छ । साउँनमा मात्र सीमा क्षेत्र अवैध रुपमा नेपाल तर्फ भित्राउँने अवैध सामान सहित साउन यता ३० वटा मुद्दा भन्सार कार्यालय बुझाएको रेकर्डमा देखिन्छ ।  

जिल्लाको बिभिन्न नाकाहरुमा भारतबाट अवैध रुपमा चोरी पैठारी गरी  नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न किसिमका कपडा, सुर्तिजन्य पदार्थ, मेसिनरी अवैध सामान नियन्त्रणमा लिन सफल भएको रकर्डले पुष्टि गर्छ । जिल्लाको सदरमुकाम गुलरियामा रहेको सशस्त्र प्रहरी बल नेपालको  नंम्बर ३१ गण हेडक्वाटरले सीमामा थप ८ सय जनशत्ती सीमा क्षेत्रमा परिचालित गरेको छ । जसले गर्दा नेपाल भारतको सीमा क्षेत्र २४ औं घण्टा सशस्त्र प्रहरीको काबुमा छ ।  

८२ किलोमिटर खुला सीमानामा सशस्त्र प्रहरी सशक्त रुपमा परिचालन भएसँगै सीमा क्षेत्रका सर्वसाधरणले सुरक्षित महशुश गर्न थालेका छन् । सीमामा २४ सै घण्टा सशस्त्र प्रहरीको पहराले सीमावासी सुरक्षित बन्दै गएको अनभुती गरेको सीमावासीले सुनाए ।

‘सीमामा हुने गतिबिधि पूर्ण रुपमा रोकिएको छ’ सीमावर्तीका गाउँका एक सर्बसाधरण भन्छन्,‘सीमावर्तीमा बसेको बर्षो वितिसकेपछि वल्ल शान्तीको आभास भएको हो ।’ उनका अनुसार दशगजा क्षेत्रमा अवैध गतिबिधि अहिले ठप्प छ । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको उनले खुलेर प्रशंसा गरे ।

सीमा क्षेत्रमा सशस्त्र आवागमन पूर्ण रुपमा बन्देज लगाइएको प्रहरी उपरीक्षक नवराज रावतले बताए । ‘शान्ती सुरक्षाका दृष्टिकोणले दशगजा क्षेत्र संवेदशिल मानिन्छ,’ उनले भने, ‘खुला सीमाका संवेदनशिल ठाउँमा २४ औ घन्टा हामीले पहरा दिएका छौं ।’ 

कोरोना संक्रमणको बिषम परिस्थितिमा स्थानीयको सीमा सुरक्षा खटिएका प्रहरीले सकारात्मक सहयोग पाएकोे उनको भनाई छ । सीमा अति संबेदशिल भनेर पहिचान भएका र खुला सीमामा सुरक्षा सर्तकता अपनाईएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । ‘सीमा पूर्ण रुपमा बन्द छ,’ उनले भने, ‘अवैध निकासीमा पनि पूर्ण बिराम लागेको छ ।’ लाखौंको सामान प्रहरीले बरामद गरेर सीमामा दरोे उपस्थिति रहेको पुष्टि गर्न प्रहरी सफल भएको उनी दाबी गर्छन ।  

लागु औषध, अवैध पैठारी र मानववेचविखन नियन्त्रणका लागि भारतीय पक्षको पनि सहयोग लिईरहेको उनले जानकारी दिए । सशस्त्र प्रहरीको प्रशंसनिय कामलाई स्थानीय तहले सहयोग गरिरहेको पाईएको छ । प्रत्येक तहले सशस्त्र प्रहरीका पोष्ट स्थापना गर्न थालेका छन् । स्थानीय तहले सीमा क्षेत्रमा निर्माण गरिदिने पोष्टमा १५ जना बस्न सक्छन् । स्थानीय तहले सीमाक्षेत्रमा ८ वटा पोेष्ट निर्माण गर्देछ ।  

देश बन्दाबन्दी अवस्थामा रहेका बेला अवैध घुस पैठ हुन सक्ने सूचनाको आधारमा थप बलका लागि ‘क्विक रेस्पोन्स टिम’ समेत परिचालित गर्ने प्रबन्ध मिलाएको प्रहरी उपरीक्षक रावतले दाबी गरे ।

प्रकाशित: १२ भाद्र २०७७ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App