२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सडकमा गीत गाएर परिवार पाल्दै

संसारी माया विचित्र मरेर के पो लाग्छ र नगर व्यार्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन... । यो गीत गाएर बौद्ध स्तुप क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरीरहेकी थिइन्, सुर्खेतकी ३६ वर्षीय लैलुन निशा मिया ।

नौबिसे–नागढुंगा सडक जीर्ण

हिजोआज धादिङबेसीबाट बिहान ५ः३० बजे छुटेको बस दिउँसो ३ बजे आसपासमात्रै काठमाडौं पुग्छ। सामान्य समयमा धादिङबेसीबाट काठमाडौं पुग्न ३ घण्टा लाग्छ तर जीर्ण राजमार्ग र सवारीसाधनको चापले साढे १० घन्टा लाग्ने गरेको छ।

जीर्ण बन्दै नौबिसे–नागढुङ्गा सडक, दिनहुँ जामले सास्ती

राजधानी काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथका सडक जीर्ण हुदाँ दुर्घटनाको जोखिम बढाएको छ। जीर्ण सडकमा घण्टौँ सवारी जाम हुदाँ काम विशेषले यात्रामा निस्केकाहरु कतिबेला गन्तव्यमा पुग्ने ठेगान हुँदैन।

मुग्लिन सडक : पानी पर्नासाथ बन्द

आकाश मडारिएर जब पानी पर्न थाल्छ तब राजमार्ग बन्द हुन थाल्छ। कारण पानी पर्नेबित्तिकै राजमार्गमा पहिरो झर्छ र यातायात अवरुद्ध हुन्छ।

बेहाल भित्री बानेश्वर

बानेश्वर चोकैमा रहेको व्यवस्थापिक ससंद भवन जति चिटिक्क र व्यवस्थित देखिन्छ। त्यहाँको दृश्य नियाल्ने जोकोहीको मन पनि उत्साहित र ऊर्जा भर्ने गर्छ। तर, त्यही भवनको दुई सय मिटरपछाडि रहेको भित्रि बानेश्वर त्यति चिटिक्क देखिँदैन।

समयमै काम नगर्ने ठेकेदारलाई म्याद थपको ‘पुरस्कार’ दिने तयारी

१० वर्षदेखी जीर्ण नवलपुर–मलंगवा सडकखण्ड कालोपत्रे गर्ने पछिल्लो ठेक्काको म्याद पुनः तीनमहिना बढाउने तयारी भएको छ। सम्झौता अवधीभित्र काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि आवश्यक कानुनी कारबाहीको सट्टा सम्बन्धित कार्यालयले म्याद थपको ‘पुरस्कार’ दिने प्रकृया अगाडि बढाउन थालेको हो।

सोह्रखुट्टे सत्तलको पुनर्निर्माण सुरु

सडक विस्तारमा क्रममा भत्काइएको सोह्रखुट्टे सत्तलको पुनर्निर्माण थालिएको छ । काठमाडौं महानगरपालिका–१६ मा रहेको सत्तल (पाटी) सडक विभागले चार वर्षअघि सडक विस्तारको क्रममा भत्काएको थियो।

५० दिनमा पनि पुरिएनन् खाल्डा

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल–जोरपाटी सडकखण्डका खाल्डाखुल्डी पुरिएका छैनन्।

सडक विस्तारका काम तत्काल सम्पन्न गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको पाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन निर्देशन दिएको हो।

सडक बिस्तारले स्थानीयलाई सकस

रोल्पा सदरमुकामस्थित लिवाङ बजारका स्थानीय सडक बिस्तार हुने भएपछि चिन्तामा परेका छन्। ‘सहायक राजमार्ग’ सडकको मध्य बिन्दुबाट १५–१५ मिटरको हुनेछ भनेर राजपत्रमा लेखिएपछि बैङ्कहरूले सडक छेउका घरमा ऋण लगानी गर्न छाडेपछि उनीहरू सकसमा परेका हुन।

सडक टालटुल

हिउँदमा धुलो, वर्षमा हिलो । उपत्यकाभित्रका सडकको पहिचान भइसक्यो । गुनासो गर्छन सर्वसाधरण, समाचार आउँछ मिडियामा । सरकार निर्देशन दिन्छ तर काम हुँदैन्।

सडकमा ‘घर भन्दा ठूला ढुङ्गा’

शुक्रवार दिउसोदेखि परेको अविरल वर्षाका कारण रोल्पाका अधिकाँश ग्रामीण सडकहरु बन्द भएका छन्। पहिरोका कारण  सडकमा ठूला ठूला ढुँगा खसेका छन्।

सुर्खेत–दैलेख सडक अवरुद्ध

वर्षाका कारण सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ। वर्षाका कारण उत्तरी जलाधार क्षेत्रको बैद्यडाँडा नजिकै पहिरो खस्दा शनिबार बिहानैदेखि सुर्खेत–दैलेख खण्ड अवरुद्ध भएको हो।

आज पनि टालटुल पारियो

पुतलीसडक क्षेत्रमा बिहीवार सडक किनारको नाली मर्मत गर्ने काम हुँदा हुँदै पानीले बगाइदिएपछि आज शुक्रवार पुनः टालटुल पार्ने काम भएको छ।

यो कस्तो चाला हो? (फोटो फिचर)

बिहीवार दिउसो पुतलीसडक क्षेत्रको सडक किनारको नाली व्यवस्थित पार्न मजदुरले गरेको काम क्षण भरमै भेलले बगाइदियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्