२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संखुवासभा–हिले सडक दैनिक ९ घण्टा बन्द गरिने

संखुवासभा र धनकुटाको हिले जोड्ने संखुवासभा–हिले सडकखण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। वर्षायाममा यात्रुहरूलाई समस्या भएको भन्दै यो सडकखण्कोे स्तरोन्नती गरिने भएको छ।

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु

नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोलामा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

सडक मर्मतमा दुई गाउँपालिकाको सहकार्य

तराई जोड्ने सडकलाई नियमित सञ्चालनका लागि खोटाङको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले सहकार्य गर्ने सहमती गरेको छ। दुई गाउँपालिका र तराई जोड्ने साझा सडकलाई स्तरोन्नती गर्दै नियमित सञ्चालन गर्ने व्यवस्थाका लागी सहकार्य गर्ने निर्णय गरेको हो।

वर्षामा हिलो, हिउँदमा धुलो

प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी बुटवल–भैरहवा दैनिक आउजाउ गर्छन्। मन्त्रालय बुटवल र निवास भैरहवा भएकाले उनी दैनिक आउजाउ गर्नुपर्छ। चौधरी मन्त्री हुँदा हिउँद भएकाले सडक धुलाम्य थियो। अहिले वर्षाले सडक हिलाम्य छ।

भरतपुरमा ६ लेनको सडक बन्ने

नारायणगढ बजारको पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउन लागिएको छ। हाल दुई लेन रहेको ६ किलोमिटर सडक खण्डलाई ६ लेनको बनाउन लागिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।

पाहुना आउँदा चिटिक्क, अरू बेला लथालिंग

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वैशाख २८ गते दुईदिने नेपाल भ्रमणमा आएका थिए। मोदी आउनुअघि वैशाख २५ गते चाबहिलचोकदेखि ह्यात होटलसम्मको ७ सय मिटर सडक रातारात कालोपत्रे गरियो । ह्यात होटल गेटबाट टुसालतिरको भने सडक यथावत् छोडियो। मोदी ह्यात होटलमा बस्ने भएपछि उक्त सडकको धुलो छोप्ने काम गरिएको थियो।

ठेकदारले समयमा काम नसक्दा स्थानीयलाई सास्ती

पाँचथरको फिदिम नगरपालिका–७ मा रहेको रानीटार मावि छेउमै पिकअप ठेल्नेलाई यात्रु र स्थानीय लागिपरेका थिए। केहि दिन यता कम पानी परेपनि सडकमा रहेको गाडी हिलोमा गाडिएर निकाल्न निक्कै कठिन परेको देखिन्थ्यो।

दार्चुला-गोकुलेश्वर खडकखण्ड अवरुद्ध

महाकाली लोकमार्ग अन्तर्गत  दार्चुला गोकुलेश्वर खडकखण्ड अवरुद्ध भएको छ। शुक्रबार राती परेको पानीले  महाकाली नगरपालिका ८ काँकडा  खोलामा आएको बाढीले सडक बगाउँदा यातायात सेवा अबरुद्ध भएको छ। शुक्रबार बेलुकीको अबिरल बर्षासंगै आएको बाढिका कारण कांकडा  खोलामा एक्कासी पानीको सतह बढ्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

स्थानीयको अवरोधका कारण बौद्ध–जोरपाटी सडक विस्तारमा कठिनाई : आयोजना

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले स्थानीयको अवरोधका कारण चावहिल–जोरपाटी–साँखु सडक विस्तार तथा सुधार अन्तर्गत बौद्ध–जोरपाटी सडकखण्ड समयमै पुरा हुन नसकेको बताएको छ।

तीन महिनामै उप्कियो कालोपत्रे

गत चैत अन्तिम साता काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर र कपन क्षेत्रका बासिन्दाको खुसी चुलियो।

भासिएको महिना पुग्दा पनि भएन मर्मत

नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा सडक भासिएको एक महिना हुँदा पनि मर्मत सुरु गरिएको छैन । असारको तेस्रो सातादेखि हल्का चिरा पर्न थालेको सडक असार २६ गते रातिबाट एकतर्फी मात्र यातायात सञ्चालन गर्न मिल्ने गरी भासिएको हो।

दार्चुला सडक २ दिनदेखि अवरुद्ध

लगातारको वर्षाका कारण पहिलो जादा दार्चुलाको गोकुलेश्वर–दार्चुला सडकखण्ड २ दिनदेखि अवरुद्ध भएको छ।

बीचमा रुख, वरिपरि कालोपत्रे

कालोपत्रे सडक भन्नेबित्तिकै जो कोहीलाई पनि सफा, सीधा र अवरोधबिनाको सडक भन्ने लाग्छ।

डेढ सय ठेकेदारलार्इ कारबाही

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसय भन्दा बढी ठेकेदार कम्पनी कारबाही गरिएको बताएका छन्।

हिलाम्मे सडकले पर्यटकलाई सास्ती

ठमेललाई पर्यटक आकर्षक केन्द्र मानिन्छ । यो क्षेत्र नेपाल आउने अधिकांश पर्यटकको रोजाईमा पनि पर्छ । तर, पर्यटक घुम्न आउने यो क्षेत्रमा बर्खायाम सुरु भएयता छिरिसक्नु छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्