२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सडक मर्मतमा दुई गाउँपालिकाको सहकार्य

सडक मर्मतका लागि चिसापानीमा आयोजित बैठकमा सहभागी जन्तेढुंगा र बराहपोखरी गापाका जनप्रतिनिधि ।   तस्बिरः दमन/नागरिक

खोटाङ – तराई जोड्ने सडकलाई नियमित सञ्चालनका लागि खोटाङको जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले सहकार्य गर्ने सहमती गरेको छ। दुई गाउँपालिका र तराई जोड्ने साझा सडकलाई स्तरोन्नती गर्दै नियमित सञ्चालन गर्ने व्यवस्थाका लागी सहकार्य गर्ने निर्णय गरेको हो।

तराई जाने आउने तथा दैनिक उपभोग्यबस्तु आयत गर्नमा उपयोग हुँदै आएको धाप्लाङ–धर्तुङ–चिसापानी सडक (३५ किलोमिटर) र बंशिलाघाट–दिप्लुङ–मौवाबोटे–चिसापानी सडक (२६ किलोमिटर) लाई लागत सहभागीतामा मर्मत गर्ने निर्णय गरिएको हो। 

जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानीमा मंगलबार बसेको संयुक्त बैठकले जन्तेढुंगा गाउँपालिकाको चिसापानी र बराहपोखरी गाउँपालिकाको बंशिलाघाट र धाप्लाङ जोड्ने सडकलाई लागत सहभागीतामा मर्मत गर्ने निर्णय गरिएको छ।

दुई सडकले दुबै गाउँपालिकालाई तराईसँग जोड्ने भएकाले महत्वका आधारमा छानिएका सडकलाई नियमित सञ्चालनको व्यवस्थाका लागि छिमेकी गाउँपालिकाबीचमा सहकार्य गर्ने निर्णय गरिएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए।

जन्तेढुंगाको चिसापानीबाट मौवाबोटे–दिप्लुङ हुँदै बंशिलाघाटस्थित सुनकोसी तरेर उदयपुरको बेलटार हुँदै पूर्वी तराईका विभिन्न शहरमा पुग्न सकिन्छ। यस्तै, चिसापानीबाट धर्तुङ–धाप्लाङघाट हुँदै उदयपुरको गाईघाट पुग्न सकिन्छ। प्रयोगका हिसावले दुबै गाउँपालिकाका लागि उत्तिकै महत्वपूर्ण भएकाले संयुक्त लागत सहभागीतामा दुई सडक मर्मत गर्ने सहमती गरिएको बराहपोखरी गाउँपालिकाका प्रमुख शालिक बञ्जराले बताए। 

लागत सहभागीतामा सडक मर्मतका लागी पुनः बैठक बसेर मर्मत गर्नुपर्ने अवस्थाका खण्ड मर्मतका लागि टुंगो गरिने र प्राविधि स्टीमेट तयार पारेर सहमतीमा बजेट खर्च गर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिका र तराई जोड्ने सडकलाई लागत सहभागीतामा मर्मत गर्दा आर्थिक भार कम लाग्ने भएकाले सहकार्य गर्ने निर्णय गरिएको हो।

बैठकमा सावा पारीका दुई गाउँपालिकाले आगामी दिनमा सडक, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका ठूला आयोजनामा पनि सहकार्य गर्न छलफल चलाएको छ। नियमित मर्मत अभावमा धाप्लाङ–धर्तुङ–चिसापानी सडक र बंशिलाघाट–दिप्लुङ–मौवाबोटे–चिसापानी सडक वर्षा याममा अवरुद्ध हुने गरेको छ। 

प्रकाशित: ६ भाद्र २०७५ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App