५ वैशाख २०८१ बुधबार
फोटो फिचर

यो कस्तो चाला हो? (फोटो फिचर)

काठमाडाैंको पुतलीसडकमा सडक नाली मर्मत सामान्य वर्षापछि क्षणभरमै भताभुङ्ग भयो। तस्बिर:श्रीराम पौडेल/नागरिक

काठमाडौं– बिहीवार दिउसो पुतलीसडक क्षेत्रको सडक किनारको नाली व्यवस्थित पार्न मजदुरले गरेको काम क्षण भरमै भेलले बगाइदियो।

अपरान्ह तीन बजेतिर मजदुरको समूह शंकरदेव क्याम्पस र पद्मोदय मोड बीचको सडकमा नाली र फुटपाथको छेउ मर्मत गर्दै थियो। पुतलीसडकका अन्य ठाउँमा सडक पेन्टरहरुले जेब्रा क्रसिङ र डिभाइडर लाइनमा सेतो रंग लगाइरहेका थिए।

पौने चार बजेतिर मौसमी वर्षाले पुतलीसडकलाई पनि भिजायो। करिव बीस मिनेट जति वर्षा भयो सामान्य भेल बग्ने गरि। सबै कुरा लथालिंङ्ग, पहिला भएको भन्दा पनि झन् बिजोग। जानकारहरुका अनुसार सिमेन्ट सुक्न कम्तिमा ६ घन्टा ओभानो हुनुपर्दछ। तर आज मजदुरले काम गर्दागर्दै पानी पर्यो, क्षणभरमै सबै प्रयास भताभुङ्ग।

यही भदौ १४ र १५ गते काठमाडौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मेलन हुँदैछ। काठमाडौ आइपुग्ने विशिष्ट अतिथिहरु हिड्ने सडकलाई सरकारले अहिले मर्मत गरिरहेको छ। मर्मतको नतिजा हेर्नुहोस् तस्वीरमा।

विमानस्थलमा ओर्ले पछि अतिथिहरु हिड्ने सडकलाई चिटिक्क पार्न गएको साता देखि बल्ल काम थालिएको छ। खाल्डा परेका ठाउँलाई पिच गर्ने र सडक किनारमा पेन्टिङ गरेर चिटिक्क पारेर देखाउने प्रयासमा सरकार सक्रिय छ। तर अहिले मौसम सक्रिय भएका बेला, सडक कालोपत्रे गर्ने एवं अन्य मर्मतका काम धमाधम भइरहेका छन्। बिमस्टेक सम्मेलन आयोजना हुने जानकारी महिनौ अघि भएर पनि सरकारको यो पारा उदेकलाग्दो देखिएको छ। गएको बैशाख जेठमा यी काम गरेको भए सहज हुने जानकार बताउँछन्।

अर्कोतर्फ चावहिल जोरपाटी सडकलाई टालटुल पार्न पनि नभ्याएपछि गोकर्ण रिसोर्टमा सरकारका तर्फबाट आगन्तुकलाई दिइने रिसेप्सन हुने नहुने टुंगो लागेको छैन।

यतिवेला विमानस्थलदेखि होटल सोल्टी, होटल ह्यात, सिंहदरवार हुँदै बालुवाटार र राष्ट्रपति निवाससम्मका सडक टालटुल गरेर रंगरोगनसहित चिटिक्क पार्ने प्रयास भइरहेको छ। सबै तस्बिर:श्रीराम पौडेल

काठमाडाैंको पुतलीसडकमा सडक नाली मर्मत सामान्य वर्षापछि क्षणभरमै भताभुङ्ग भयो। तस्बिर:श्रीराम पौडेल/नागरिक
काठमाडाैंको पुतलीसडकमा सडक नाली मर्मत सामान्य वर्षापछि क्षणभरमै भताभुङ्ग भयो। तस्बिर:श्रीराम पौडेल/नागरिक
काठमाडाैंको पुतलीसडकमा सडक नाली मर्मत सामान्य वर्षापछि क्षणभरमै भताभुङ्ग भयो। तस्बिर:श्रीराम पौडेल/नागरिक
काठमाडाैंको पुतलीसडकमा सडक नाली मर्मत सामान्य वर्षापछि क्षणभरमै भताभुङ्ग भयो। तस्बिर:श्रीराम पौडेल/नागरिक
काठमाडाैंको पुतलीसडकमा सडक नाली मर्मत सामान्य वर्षापछि क्षणभरमै भताभुङ्ग भयो। तस्बिर:श्रीराम पौडेल/नागरिक
काठमाडाैंको पुतलीसडकमा सडक नाली मर्मत सामान्य वर्षापछि क्षणभरमै भताभुङ्ग भयो। तस्बिर:श्रीराम पौडेल/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App