२१ असार २०८१ शुक्रबार
image/svg+xml

टाटा कमर्सियल गाडीहरूको मेघा होली क्याम्प

होलीको अवसरमा सिप्रदी ट्रेडिङले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ।

सुर्खेतमा हाइलक्स गाडी दुर्घटना हुँदा चारको मृत्यु

आइतबार विहान साढे दुई बजेतिर बा.प्र. ०१०२६च ९२१३ नम्वरको डबल क्याप वीरेन्द्रनगर–११ को झुप्राखोला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सुजुकीको विन्टर फ्री सर्भिस हुँदै

सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।

दुर्घटनामा विदेशी नागरिकको मृत्यु

इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।

भारत-भुटान सीमा नजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते

'भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,' गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ।

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

लामो समयसम्म आवश्यक प्रक्रिया पूरा नगरिदा र विद्युतीय बस सञ्चालन कार्यविधि नबन्दा पर्यटन मन्त्रालयले ती बसहरु लुम्बिनी विकास कोषलाई हस्तान्तरण गर्न ढिलाइ गर्‍यो। जसका कारण ती बसहरु लामो समय लुम्बिनीमा त्यसै थन्किएका थिए।

दुर्घटनामा परी घाइते भएका ६ जना प्रहरीलाई हेलिकप्टरबाट उद्धार गरियो

गाडीमा चालकसहित नेपाल प्रहरीका डिएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरीका डिएसपी रबिन्द्र श्रेष्ठसहित ६ जना सवार थिए। नेपाल प्रहीका डिएसपी प्रकास डाँगी र सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठसहित अन्य सबै घाइते भएका हुन्।

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, डिएसपीसहित पाँच घाइते

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो। गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ५ का वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए।

महिन्द्रा गाडीमा ७० प्रतिशतसम्म लगानी योजना

अग्नि इन्कर्पोरेटले महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ।

टाटा गाडीको मूल्य बढ्यो

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादनहरूको मूल्य बढाएको छ। अहिले कम्पनीले प्यासेञ्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो।

पालिकाका प्रमुखद्वारा धमाधम सरकारी गाडी फिर्ता

निर्वाचन आचारसंहिता लागु हुन पूर्व नै कपिलवस्तु पालिका प्रमुखहरुले आफूले चढदै आएको सरकारी गाडी फिर्ता गर्न थालेका छन्।

गाडीको ‘इम्बोस्ड नम्बर’ प्रयोगमा सर्वोच्चको गम्भीर संवैधानिक त्रुटि

नेपालको संविधानको धारा १ र धारा ७ मा स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरी कानूनी सिद्धान्त विपरीत गएर सर्वोच्च अदालतको संवैधानिक इजलासले गाडीमा प्रयोग हुने नम्बर प्लेटमा देवनागरी लिपिको साटो अङ्ग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट प्रयोगलाई अनुमति दिएर गम्भीर संवैधानिक त्रुटि गरेको हो।

फोर्डको प्रतिबद्धता

नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जिओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियाले नेपालका ग्राहकलाई फोर्ड गाडीमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ।

गाडीको ठक्करबाट बालकको मृत्यु

कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा– ४ स्वास्थ्य चौकी नजिकै गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्