coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टाटा गाडीको मूल्य बढ्यो

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादनहरूको मूल्य बढाएको छ। अहिले कम्पनीले प्यासेञ्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो। यो घोषणाअनुसार टाटा मोटर्सले नेक्सनईभीको मूल्य भारु २५ हजार रूपैयाँले बढाएको छ।

नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङमा टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच–५, सफारी, नेक्सनईभीर टिगोरईभी आदि उपलब्ध छन्। हाल बजारमा सवारी साधन निर्माण एवम् उत्पादनलाई आवश्यक कच्चा सामग्रीहरूको मूल्‍य बढेकोे कारण सावरी साधन निर्माणको खर्च पनि बढेकोमा सवारी साधन बिक्री मूल्य बढाउनुपरेको कम्पनीले बताएको छ।

टाटा मोटर्सले भारतीय बजारमा गत अप्रिल २३ देखि लागू हुने गरी आफ्नो गाडीहरूको बिक्री मूल्य बढाएको हो। त्यसमध्ये प्यासेञ्जर भेहीकल (गाडी)को मूल्य मोडल र भेरियन्ट अनुसार १.१ प्रतिशतसम्म बढाएको कम्पनीले जनाएको छ।

प्रकाशित: ८ असार २०७९ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App