२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-भुटान सीमा नजिक सडक दुर्घटनामा एक सैनिकको मृत्यु, ४ घाइते

भारत-भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  अन्य चार जना घाइते भएका छन्। गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिएका छन्।

'भारत-भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,' गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ।  

सेनाको गाडी नरेङ्गी आर्मी क्यान्टबाट दुर्घटनास्थल पुगेको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: २१ कार्तिक २०७९ ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App