२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टाटा कमर्सियल गाडीहरूको मेघा होली क्याम्प

होलीको अवसरमा सिप्रदी ट्रेडिङले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ। सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक समारोह बीच उक्त कार्यक्रम सुरु गरेका छन्।

अधिकृत श्रेष्ठले ग्राहकको चाहना, आवश्यकता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियल गाडीहरूको सञ्चालन खर्च न्यूनीकरण गर्ने उद्देश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्युइन पार्ट्स तथा टाटा जेन्युइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको र उक्त सुविधाको फाइदा उठाउन ग्राहकलाई अनुरोध गरेका छन्।

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरूको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्युइन पार्ट्समा १५ देखि २२ प्रतिशतसम्मको छुट, टाटा जेन्युइन आयलमा २५ प्रतिशत छुट, सर्भिस वुकिङ गरेर आउने गाडीहरूलाई लेवर चार्जमा ५० प्रतिशतलगायतका छुट तथा सुविधाहरू कम्पनीले प्रदान गरेको छ।

कम्पनीका अनुसार सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरूमा फागुन १७ देखि २१ गतेसम्म क्याम्प सञ्चालनमा हुनेछन्।

प्रकाशित: १८ फाल्गुन २०७९ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App