१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुजुकीको विन्टर फ्री सर्भिस हुँदै

सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्न सक्ने भएकाले ग्राहकलाई यस विषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखि राख्न क्याम्प सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ। कम्पनीले सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुका साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्न सक्ने जनाएको छ।

यस्तै सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने तथा एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट, इन्जिन कुलिंग, एसी/हिटर सम्बन्धी पार्ट्स र एसेसरिजमा १० प्रतिशत छुट पाउने कम्पनीले बताएको छ। साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउने छन्।  

प्रकाशित: २० पुस २०७९ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App