उपलब्धिविहीन अनुगमन
अनुगमनपछि दिइने निर्देशन र सिफारिस बाध्यकारी नहुँदा पनि अनुगमन अर्थहीन हुने गरेको हो। त्यसैले पनि अनुगमनको शैलीमा परिवर्तन गर्दै यसको कार्यान्वयनसमेत हुने परिपाटी विकास गर्न आवश्यक छ। अन्यथा यस्ता अनुगमनमा राज्यको अबौं रुपैयाँ खर्च भइरहने तर उपलब्धि भने शून्यप्राय रहने प्रवृत्ति कायमै रहनेछ।