माओवादी केन्द्रको पतन !
सन् १९९० को दशकताका कम्युनिस्ट आन्दोलन विश्वभर लगभग रक्षात्मक अवस्थामा पुग्दै थियो।

सन् १९९० को दशकताका कम्युनिस्ट आन्दोलन विश्वभर लगभग रक्षात्मक अवस्थामा पुग्दै थियो।
मुलुकको राजनीतिक क्रान्ति र व्यवस्था परिवर्तनमा अहोरात्र लड्दै आएका दलित समुदायमाथिको भयावह आर्थिक असमानता र सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्यप्रति उच्च जातीवादी राज्यसत्ता सधैंजसो संवेदनहीन बन्दै आएको छ ।
निरंकुश राणा शासनको समुल अन्त्य गदै प्रारम्भमा बहुदलीय प्रजातन्त्र र अन्ततः सर्वहारा वर्गको अधिनायकत्वको समाजवादी राज्य व्यवस्था स्थापना गर्ने महान् संकल्पका साथ वि.सं. २००६ सालमा नेकपा स्थापना भएको थियो।
नेपालको वामपन्थी आन्दोलनको इतिहास गौरवमय रहेको छ। नेपाली समाजको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा वामपन्थी दलहरूको उच्च योगदान रहेको कुरामा जो कसैले गर्व गर्नुपर्ने देखिन्छ। सबैजसो कम्युनिस्ट पार्टीका अधिकांश शीर्ष नेतृत्वले वामपन्थी शक्तिको उदय, आन्दोलनको विकास र विस्तारका निम्ति ठूलो त्याग गरेका छन्।
खासमा नेपालको राज्यव्यवस्था र समाजको दलित समुदायलाई हेर्ने दृष्टिकोण असाध्यै पूर्वाग्रहपूर्ण र विभेदकारी छ। यदि राज्य त्यस्तो होइन भन्ने प्रमाणित गर्न चाहन्छ भने के दलितहरूको समग्र मुक्तिका निम्ति विशेष र ऐतिहासिक कार्यक्रमको घोषणा गर्न सक्छ? बिल्कुल सक्तैन।
मुलुकले संघीय शासन प्रणाली अवलम्बन गरेपश्चात स्थानीय जनप्रतिनिधिले स्थानीय तहको विकासका सम्बन्धमा विल्कुल पृथक ज्ञान र अनुभव हासिल गर्न सफल हुँदै गएका छन्। संवैधानिक र कानुनीरूपमै स्थानीय सरकारलाई स्वायत्त र निर्णायक अधिकार प्रदान गरिएको हुँदा स्थानीय जनप्रतिनिधिहरूको गरिमा र महत्व आफैँमा विशिष्ट छ।
कांग्रेसका रानी–राजकुमार–राजकुमारीले २०४८ पछिको आफ्नो आर्थिक, सामाजिक र राजनीतिक हैसियत कहाँबाट कहाँ पुग्यो भनेर हेरे मात्रै पनि कांग्रेस कहाँ–कहाँ चुक्यो भन्ने देखिन्छ । बिपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद, सूर्यप्रसादको नेतृत्वको कांग्रेस र शेरबहादुरको नेतृत्वमा पार्टी र सरकारमा कसरी चलेको छ, सजिलै भन्न सकिन्छ ।
नेपालमा पुष्पकमल दाहालको उदयपछि मात्रै कम्युनिस्ट नाममा घोर अवसरवादी पनि हुने रहेछन् भन्न थालियो। एमाले नेता ओलीले भारतको सशक्त प्रतिकार गरेर नेपाललाई दलदलबाट बचाउन ठूलो उपलब्धि पाएका छन्।
देउवाले स्थानीय तहको पहिलो चरणको चुनावभन्दा अघि र पछि पनि माओवादी केन्द्रसँग दीर्घकालीनरूपमा सहकार्य गर्ने बताउँदै आएका छन्। त्यसको अर्थ हुन्छ– अब कांग्रेस पार्टी आफँैं गरिखान असमर्थ छ। देउवा र दाहालबीचको सहकार्यले राजनीतिकरूपमा गुमाउने कांग्रेस र केही भए पनि प्राप्त गर्ने माओवादी देखिएको छ।
चीनले लागु गर्दै रहेको ओबिओआर परियोजनाअन्तर्गतको ‘एक क्षेत्र एक बाटो’ (वान बेल्ट वान रोड) बाट नेपाल धेरै ठूलो मात्रामा लाभान्वित हुने देखिन्छ । भारतवेष्ठित नेपाल सो परियोजनासँग कनेक्ट हुँदा नेपाल विश्व यातायात सञ्जालमा जोडिनेछ । भारतको बाटो हुँदै आउने÷जाने सामानको भाडा भरोटमात्रै बर्सेनि अरबौंमा जोगिनेछ । यतिमात्र नभएर नेपालको राष्ट्रियता अहिलेको भन्दा सयौं गुणा शक्तिशाली हुनेछ ।
नेपालका केही कूटनीतिज्ञले ‘प्रधानमन्त्री दाहालले चीनसँगको सम्बन्ध पहिलेजस्तो राख्तैनन् कि भन्ने शंकामात्र नगरेर एक चीन नीतिमा पनि ढलपल पो गर्ने हुन् कि’ भन्ने अनुमानसमेत गरेका छन्।
इतिहासले बडो बेगका साथ पाइला चालिरहेछ। यस्तो स्थितिमा हाम्रो चिन्तनले पनि त्यस्तै बेगका साथ इतिहास सँगसँगै पाइला चाल्नुपर्छ । नत्र भने हामी आफ्नै पुरानो मनोविज्ञानको बन्दी भएर इतिहासले त्यागेको सानो तत्व बन्न पुग्छौं।
गत मंसिर ४ र ५ गते नेपालस्थित सिन्ह्वा न्युज एजेन्सीको कार्यालयले आयोजना गरेको थिङ्कट्याङ्क डायलगमा भाग लिन चाइना पिपुल पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सका विदेश विभाग सदस्य हु आङ योइसमेत १४ जना चिनियाँ थिङ्क ट्याङ्क विज्ञले नेपालका केही राजनीतिज्ञ र विज्ञसमेत बोलाएर नेपाल–चीन सम्बन्ध विषयमा समेत बौद्धिक कसरत (थिङ्क ट्याङ्क डायलग) गरेका छन्।
पुष्पकमल दाहाल र देउवाको दिल्ली भ्रमणपछि दाहालले दिल्लीमा जुन सम्झौता गरे त्यसबाट नेपाल–चीन सम्बन्धमा पनि ठूलो खाडल देखिएको छ।
कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेसवादी दलमा पनि देशलाई माया गर्ने र नबिक्ने थुप्रै देशभक्त नेता तथा कार्यकर्ता छन्। सचेत जनताले यो संशोधन स्वीकार गर्ने देखिँदैन।
