नेपालको वामपन्थी आन्दोलनको इतिहास गौरवमय रहेको छ। नेपाली समाजको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा वामपन्थी दलहरूको उच्च योगदान रहेको कुरामा जो कसैले गर्व गर्नुपर्ने देखिन्छ। सबैजसो कम्युनिस्ट पार्टीका अधिकांश शीर्ष नेतृत्वले वामपन्थी शक्तिको उदय, आन्दोलनको विकास र विस्तारका निम्ति ठूलो त्याग गरेका छन्।