नेपाली काँग्रेस संसदीय दलको बैठक जारी
निरन्तरको संसद अवरोधको विषयमा छलफल गर्न बसेको नेपाली काँग्रेस संसदीय दलको बैठक जारी छ।
निरन्तरको संसद अवरोधको विषयमा छलफल गर्न बसेको नेपाली काँग्रेस संसदीय दलको बैठक जारी छ।
बिलमा उल्लेख गरेको भन्दा बढी इन्धन लोड भएको फेला पारेपछि प्रहरीले ट्यांकरलाई नियन्त्रणमा लिएको छ। नेपाल आयल निगमको गण्डकीको गगनगौंडास्थित डिपोबाट इन्धन लोड गरेर बाहिरिएको ग २ ख ८३६ नम्बरको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो।
मोरङ सुन्दरहरैंचा नगरपालिका-४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्।
आइतबार आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ। सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो।
सर्वोच्च अदालतमा कतिपय महत्वपूर्ण मुद्दा पेसी चढे पनि निरन्तर ‘हेर्न नभ्याइने’मा पर्ने गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ। प्राधिकरण र विभिन्न विमानस्थललाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि सिम्रिक एयरको उडानमा साउन २६ गतेदेखि रोक लगाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए।
सेलट्रोन नेपालले अनर नाइन्टी फाइभ जी सिरिज सार्वजनिक गरेको छ। सेलट्रोन नेपालका महाप्रबन्धक राहुल राठीले अनर नाइन्टी फाइभ जी र अनर नाइन्टी लाइट फाइभ जी दुवैको मूल्य सार्वजनिक गर्दै साउन २४ गतेदेखि प्रि–बुकिङ सुरु भएको घोषणा गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा करिब साढे १९ अर्ब रूपैयाँको विद्युत् आयात गरेको छ भने साढे १० अर्ब रूपैयाँको निर्यात गरेको छ। प्राधिकरणले बिक्री गरेभन्दा करिब साढे ९ अर्ब रूपैयाँको बिजुली बढी आयात भएको छ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने विषयमा प्रहरी महानिरीक्षक वसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यबीच छलफल भएको छ ।
प्रवीणता प्रमाणपत्र तहको विज्ञान संकायतर्फ नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएको जानकारी सिआइबीले प्रतिनिधिसभाका सभामुखलाई गराएको छ।
प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।
भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।
जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई अनुमति बिना कार्यालयको फोटो, भिडियो खिचे कानुनी कारबाही हुने ब्यहोराको सूचना गरेपछि सप्तरीका पत्रकारहरू बिहीबारदेखि आन्दोलित भएका छन्।
नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा भइरहेको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा दीपक थापा फाइनलमा पुगेका छन्।