१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जातीय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।

आज २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो कुरा बताएका हुन।

उनले नेपालीहरूका बिचमा जातका आधारमा आपसी विद्वेष र घृणा फैलिएमा देशको अस्तित्व समाप्त हुने बताए। अध्यक्ष ओलीले नेपालमा जातीय विविधता रहेको भन्दै सामाजिक सद्भाव र समानतामा आधारित राष्ट्रिय एकताले मात्रै देशको रक्षा हुने जानकारी दिए।

उनले पहिचानको मुद्दा देशको हितका लागि हुनुपर्ने बताए। उनले पहिचानको मुद्दाले देशमा समस्या खडा गर्नु नहुने बताए। अध्यक्ष ओलीले नेपालमा पहिचानको मुद्दा समानता र सद्भावका लागि भएको धारणा राखे। पहिचानको मुद्दा आपसी मित्रता बढाउनका लागि र प्रेम फैलाउनका लागि भएको उनको भनाई छ।

अध्यक्ष ओलीले राज्य कुनै एउटा धर्म र जात विशेषको नभएको भन्दै त्यस कारण देशलाई धर्म निरपेक्ष बनाइएको बताए। उनले देशको नाम ‘नेपाल’ पनि कुनै जात विशेषको नभएको उल्लेख गर्दै प्रदेशहरूको नाम पनि साझा भूगोल, संस्कृति र नदीनालाको नामबाट राखिएको बताए। उनले प्रदेशहरूको नामाकरण साझा रुपमा राखिएको भन्दै यसले कसैलाई अपमान, थिचोमिचो वा नहोच्याउने उल्लेख गरे।

उनले अन्य देशका तुलनामा नेपालमा आदिवासी, जनजाति र दलित समुदायले अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए ।उनले एमालेले स्थापनाकालदेखि नै सामाजिक न्याय र समानताका लागि कुरा उठाएको उल्लेख गर्दै आफूहरू सबैलाई अधिकार सम्पन्न बनाउने पक्षमा रहेको बताए।

प्रकाशित: २५ श्रावण २०८० ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App