१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय स्क्वासः दीपक थापा फाइनलमा प्रवेश

नेपाल स्क्वास र्‍याकेट्स सङ्घको आयोजनामा राजधानीमा भइरहेको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा दीपक थापा फाइनलमा पुगेका छन्।

चीनको होङजाउमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा छनोट भएका अमिर ब्लोनलाई दीपकले २–११, ११–९, ११–७, १०–१२, १०–१२ ले स्तब्ध पार्दै फाइलनको यात्रा तय गरेका हुन्। यससँगै दीपकले फाइनलमा अब अरहन्त केशर सिम्हाविरुद्ध खेल्नेछन्।

अरहन्तले अर्को सेमिफाइल खेलमा उमित शाक्यलाई ११–१, ११–३ र ११–८ ले पराजित गरेका थिए। सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट सङ्घको भवनमा भएको महिला एकलतर्फको अर्को खेलमा कृष्णा थापा विजयी भइन्। उनले पहिलो चरणमा भावना सुनुवारलाई ३–०, दोस्रो चरणमा स्वस्थानी श्रेष्ठलाई ३–१ र तेस्रो चरणमा अस्मिता नगरकोटीलाई ३–० ले पाखा लगाइन्।

त्यस्तै राष्ट्रिय च्याम्पियन विपना ब्लोनले पहिलो चरणमा भावना सुनुवार र दोस्रोचरणमा अस्मिता नगरकोटीलाई समान ३–० ले सोझो सेटमा पराजित गर्दै विजयी भइन्। पाँच खेलाडी मात्र सामेल महिला एकलमा राउनरोविन्डको आधारमा प्रतिस्पर्धा हुँदैछ ।जसमध्ये शीर्ष दुई स्थानमा रहने खेलाडीबीच फाइनल हुनेछ।

यही साउन २७ गतेसम्म सञ्चालन हुने उक्त  प्रतियोगितामा पहिलो हुनेलाई रु २० हजार, (खुला पुरुष तथा महिला)दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने खेलाडीलाई  रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै जुनियर ब्वाइजतर्फ पहिलो हुनेलाई रु ११ हजार, दोस्रो हुनेलाई रु छ हजार र तेस्रो हुनेलाई रु तीन हजार प्रदान गरिने भएको छ।  

प्रकाशित: २५ श्रावण २०८० ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App