१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेस संसदीय दलको बैठक जारी

फाइल तस्बिर

निरन्तरको संसद अवरोधको विषयमा छलफल गर्न बसेको नेपाली काँग्रेस संसदीय दलको बैठक जारी छ।

 नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको काँग्रेस संसदीय दलको बैठक जारी छ।बैठकमा संसद अवरोधको सम्बन्धमा छलफल हुने एजेन्डा रहेको छ।

सोही एजेण्डामा आधारित भएर सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन्।त्यसैगरी बैठकमा संसदमा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, आ.व.२०८०/८१को बजेटको प्रभावकारी कार्यान्वयन र संसदमा नेपाली काँग्रेसको प्रभावकारी भूमिकाको विषयलाई पनि एजेन्डा बनाइएको छ।सो विषयहरूमा पनि सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा बाढी, पहिरोले देशभरमा गरेको धनजनको क्षतिको राहत, उद्धार तथा पुनः स्थापना, पशु चौपायामा लागेको लम्पिस्किन रोगको रोकथाम र किसानलाई राहत, डेंगु, एडिनो भाइरस कन्जन्टिभाइटिस(आँखा पाक्ने रोग)को रोकथाम र उपचारका सम्बन्धमा सरकारलाई अनुरोध गर्ने विषय पनि समेटिएको छ।त्यसैगरी महँगी, प्रभावकारी सेवा प्रवाह र सुशासनको विषयलाई पनि छलफलको विषय बनाइएको छ।

बैठकमा बोल्ने सांसदहरूले बिहीबार(हिजो) पक्राउ परेका नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउको विषयमा पनि जिज्ञासा राखिरहेका छन्।

प्रकाशित: २६ श्रावण २०८० १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App