५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्यो

प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताएका छन्।

आज राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रस्तुति दिँदै उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध गम्भीर बन्दै गएको बताएका हुन। उनले नेपालमा राजनीति भेटघाटका क्रममा जति धेरै अमेरिकन, चाइनिज र भारतीय अधिकारीहरूको आगमन बढ्छ त्यत्ति धेरै नेपालको राष्ट्रिय सुरक्षा गम्भीर हुने बताए। उनले राजनीतिक नेतृत्व इमान्दार भएर काम गर्न नसकेको पनि जानकारी गराए। उनले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा सबै राजनीतिक दलहरु एक हुनुको विकल्प नरहेको जानकारी दिए।

’समितिको बैठकमा बोल्दै नेकपा एमालेका राष्ट्रिय सभा सदस्य कुमार दसौदीले राष्ट्रिय सुरक्षालाई गम्भीर अवस्थामा पुर्‍याउन नागरिकता दिनेकुराले पनि भुमिका खेलेको बताए। उनले नागकिरता सहजै उपलब्ध गराउने कुराले नेपालको राष्ट्रिय सुरक्षामा कति असर गर्छ भनेर सोच्न जरुरी रहेको उल्लेख गरे।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बदलिएकाले सबैभन्दा पहिला नागरिकलाई दिएको नारा पूरा गर्न लाग्नुपर्ने बताए। उनले नागरिकलाई दिएको वाचा पूरा गर्न नसके वाह्य मात्रै नभइ आन्तरिक रुपबाट पनि देश कमजोर बन्ने बताए।

उनले अमेरिका, भारत र चीनको हस्तक्षेपको स्थिति बाझिनु नेपालको राष्ट्रिय सुरक्षाको चुनौतीका रुपमा रहेको उल्लेख गरे।

प्रकाशित: २५ श्रावण २०८० १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App