२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रोल्पामा बस दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत

दाङबाट रोल्पाको थवाङ जादै गरेको बस बिहीबार बेलुका दुर्घटना हुँदा मृत्यु भएका चार जनामध्ये ३ जनाको सनाखत भएको छ।

मेची आँखा अस्पतालमा अढाइ दशकमा ३० लाखको उपचार

स्थापनाको २५औँ वर्षगाँठका अवसरमा आज बिर्तामोड नगरपालिका–३सैनिकमोडमा आयोजना गरिएको कार्यक्रममा उक्त अवधिमा अस्पतालले तीन लाख ४३ हजार व्यक्तिको आँखाको शल्यक्रिया गरेको जनाएको छ।

डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम

अस्पतालका प्रवन्ध निर्देशक राजुमृगेन्द्र जोशीले अस्पताल व्यवस्थापन र कर्मचारीहरु एउटै परिवार भएर काम गर्नु पर्नेमा जोड दिए।

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ। आज बिहान ठूलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।

उपकुलपतिलाई काम गर्न रोक

सरकारले उपकुलपति रावलसहित रजिस्ट्रार नृपेन्द्र महतलाई पनि तत्काल कामकाज नगर्न निर्देशन दिएको छ। कर्णाली प्रतिष्ठानका पदाधिकारीको योग्यतामाथि प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई दैनिक कामकाज नगर्न निर्देशन दिएको हो।

फाइजर खोप दीर्घरोगीलाई

करिब एक महिनाअघि कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल आइपुगेको एक लाख छ सय डोज खोप कात्तिक २८ देखि मंसिर ४ गतेसम्म देशभरका मुख्य सरकारी अस्पतालबाट मात्र दिइनेछ।

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

डोल्पा अस्पतालमा औषधिको चरम अभाव, उपचारमा सास्ती

जिल्ला अस्पताल दुनैमा औषधीको चरम अभाव भएको छ। सामान्य औषधि समेत नहुँदा उपचारको लागि अस्पतालमा पुगेका सर्वसाधारणले स्वास्थ्य सास्ती व्यर्होनु परेको छ।

मन्त्री झाँक्री अस्पताल भर्ना

निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए।

९४ तोला चाँदीसहित पक्राउ

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भारतबाट नेपाल आउँदै गर्दा ९४ तोला चाँदीसहित शर्मा पक्राउ परेका हुन्।

कोशी अस्पतालमा स्वास्थ्यमन्त्री : नयाँ संरचना निर्माणपछि समस्या हल हुने आश्वासन

अत्याधुनिक संरचनासहितको ५ तलाको भवन निर्माण सुरु भइसकेको र अढाइ वर्षभित्र भवन तयार हुने अस्पतालले जानकारी दिएको छ।

टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी

विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन्।

बानेश्वरको मुल सडक भासियो! (फाेटाेफिचर)

सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो। त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्