coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोल्पामा बस दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत

दाङबाट रोल्पाको थवाङ जादै गरेको बस बिहीबार बेलुका दुर्घटना हुँदा मृत्यु भएका चार जनामध्ये ३ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा परिवर्तन गाउँपालिकाका बस चालक बिरमान बुढा रहेका छन्। त्यसै गरी सोही गाउँपालिकाका५० वर्षीय कुमार पुन,२९ वर्षीय दिपक रोका रहेका छन् भने एक जना महिलाको सनाखत हुन सकेको छैन।

दुर्घटनामा परी घाइते भएका १९ जनामध्ये ११ जनाको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ भने गम्भीर घाइते ५ जनालाई भैरहवा लगिएको प्रहरीले जनाएको छ। सामान्य घाइते ३ जना बिहीबार सामान्य उपचारपछि घर फर्किका छन्।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार बस माडी गाउँपालिका २ घर्ती गाँउ नजिकै सडकबाट करिब १ सय फिट तल खसेको थियो। ना ३ ख ५५१८ नम्बरको बस बिहीबार बेलुका दुर्घटना भएको हो।

प्रकाशित: ३ मंसिर २०७८ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App