१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

डा. इवामुरा अस्पतालमा क्षमता अभिवृद्धि कार्यक्रम

भक्तपुर सल्लाघारी उकालोस्थित डा. इवामुरा मेमोरियल अस्पतालले कर्मचारीहरुका लागि एक दिने क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ।

अस्पतालको आफ्नै सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा अस्पतालका निर्देशक प्रा. डा. उत्तम कृष्ण कर्माचार्यले अस्पतालको क्षमता अभिवृद्धिमा कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने बताए। उनले कर्मचारीहरु निरन्तर रुपमा प्रोत्साहित हुनु पर्नेमा समेत जोड दिए। उनले व्यवस्थापनका आधारहरुका विषयमा प्रस्तुतीकरण समेत गरे।  

अस्पतालका प्रवन्ध निर्देशक राजुमृगेन्द्र जोशीले अस्पताल व्यवस्थापन र कर्मचारीहरु एउटै परिवार भएर काम गर्नु पर्नेमा जोड दिए। उनले अस्पतालमा आउने बिरामीहरुको सेवा सुविधालाई अझ स्तरीय बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा अस्पताल व्यवस्थापन सदैव तयार रहेको उल्लेख गरे।

कार्यक्रममा इवामुरा कलेज अफ हेल्थ साइन्सका नर्सिङ डाइरेक्टर सानुमाया खडकाले अनुशासनका विषयमा प्रस्तुतीकरण दिइन् भने अस्पतालका जनरल फिजिसियन डाक्टर महेश चौहानले बिरामी व्यवस्थापनका विषयमा आफ्नो प्रस्तुति गरे।

यसैगरी अस्पतालका प्रशासन प्रमुख मनिता बज्राचार्यले तनाव व्यवस्थापन र अस्पतालकै मेट्रोन सुरेसा धमलाले सञ्चार व्यवस्थापनका विषयमा कक्षा सञ्चालन गरेका थिए।

सो अवसरमा अस्पतालका कर्मचारीद्वय रञ्जना गोसाई र रचना दुंगानालाई बिदाई तथा सम्मान समेत गरिएको थियो।

प्रकाशित: ३० कार्तिक २०७८ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App