५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

फाइजर खोप दीर्घरोगीलाई

फाइजरको खोप कात्तिकको २८ देखि देशभरका मुख्य अस्पतालबाट वितरण गर्ने परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।

करिब एक महिनाअघि कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल आइपुगेको एक लाख छ सय डोज खोप कात्तिक २८ देखि मंसिर ४ गतेसम्म देशभरका मुख्य सरकारी अस्पतालबाट मात्र दिइनेछ। 

देशभरका २४ वटा मुख्य सरकारी अस्पतालबाट खोप दिने तयारी भइसकेको खोप शाखाले जनाएको छ। खोप शाखाका प्रमुख सागर दाहालका अनुसार मेची,कोसी,बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण अस्पताल,वीरगन्ज उपक्षेत्रीय अस्पताल,भरतपुर अस्पताल,लुम्बिनी अस्पताल,सेती अस्पताल,डडेल्धुरा अस्पताल, सुर्खेत अस्पताल,भेरी अस्पताल,गण्डकी,धौलागिरी अस्पताल,धुलिखेल अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र,सिभिल अस्पताल,धुलिखेल अस्पताल,वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,प्रसुगि गृह,छाउनी अस्पताल,जनकपुर अस्पताल,भक्त क्यान्सर अस्पताललगायतबाट खोप दिइनेछ।

खोप लिनको लागि यसअघि खोप नपाएका निश्चित दीर्घरोगीलाई मात्र दिइने खोप शाखाले निर्णय गरेको छ। सोअनुसार क्यान्सरका रोगी,अंग प्रत्यारोपण गरी औषधि खाइरहेका व्यक्ति,मुटुको शल्यक्रिया गरी औषधि सेवन गरिरहेका व्यक्ति,उच्चरक्तचाप भई चिकित्सकको निगरानीमा औषधि सेवन गरिरहेका व्यक्ति,फोक्सोमा समस्या आई लामोसमयदेखि उपचार गरिरहेका व्यक्ति,मधुमेहको समस्या भएका, मस्तिष्क र मस्तिष्कसम्बन्धी रोग भएका,रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति,मिर्गौला प्रत्यारोपण गरी औषधि सेवन गरिरहेका १२ वर्षमाथिका सकै उमेर समूहलाई खोप दिइने शाखाले जनाएको छ।

खोप लिनुअघि यीमध्ये कुनै पनि रोग लागेको भरपर्दो प्रमाणपत्र लिएर खोप केन्द्रमा जानुपर्नेछ। फाइजरको खोप एक भाइलबाटै छजनालाई दिन मिल्ने भएकोले एकैपटक छजना तयारी अवस्थामा रहेपछि मात्र दिइनेछ।एकपटकमा एक व्यक्ति पुगेमा खोप दिन नमिल्ने भएकाले छनजा पुगुन्जेल पर्खिनुपर्ने खोप शाखाका प्रमुख सागर दाहालले बताए।

प्रकाशित: २४ कार्तिक २०७८ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App