१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरा–जोमसोम उडानमा प्राधिकरणको कडाइ

पोखरा–जोमसोम उडानका क्रममा दुई साताअघि तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा पर्‍यो। दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु भयो।

नागरिक उड्डयन प्राधिकरणको निर्देशनः जनवरी एकभित्रै पोखराबाट प्याराग्लाइडिङ अन्यत्र सार्नु

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने पोखराको आकाशमा पर्यटक घुमाउने प्याराग्लाइडिङलाई आगामि जनवरी १ अगावै अन्यत्र सर्न निर्देशन दिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा हुँदै आएको प्याराग्लाइडिङ उडान के हुने भन्नेमा अन्योल भईरहँदा हवाई क्षेत्रको नियामक निकाय क्यानले हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक सम्भव नहुने भन्दै जनवरी १ अगावै अन्यत्र सर्न निर्देशन दिएको हो।

टायरमा समस्या देखिएपछि भद्रपुर उडेको जहाज काठमाडौँ फर्कियो

भद्रपुरका लागि उडेको बुद्ध एअर ९५३ उडान नम्बरको जहाज काठमाडौँ नै फर्किएको छ।

चार्टर उडानका नाममा चर्काे शुल्क: हवाई उडानमा पनि बिचौलिया

नियमित उडान कटौती गरेर नेपाल एयरलाइन्सले आठ वटा चार्टर उडान भर्‍यो। उडानमा पनि बिचौलिय सक्रिय हुँदा नियमित उडान कटौती गरेर चार्टर उडान हुने गरेका छन्। जसले यात्रुहरू महँगो शुल्क तिर्न बाध्य छन्।

हुम्लासहित कर्णालीका जिल्लामा हवाई उडान ठप्प

हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन्।

हवाई उडानमा तुँवालो बाधक

एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। पछिल्लो एकसातादेखि दिनहुँ आधाजसो उडान रद्द भईरहेका छन।

नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने

आगामी चैत २३ गतेदेखि २५ गतेसम्म अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको छाता संस्था ९एफएआई०बाट मान्यता प्राप्त नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २०औँ संस्करण हुने भएको छ।

मुक्तिनाथ बैंकको सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूलाई आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माण गर्न सहयोग गरेको छ।

प्याराग्लाइडिङविरुद्ध हवाईजहाजको गुनासो: हवाई रुटमा प्याराग्लाइडिङ उडिदिए

पोखराको सराङकोट आकाशमा मात्र उडान अनुमति पाउने प्याराग्लाइडिङले तोकिएको ठाउँ छाडेर अन्यत्र उड्ने गरेका छन्। कोरोना संक्रमण कम भएको मौका पारेर आएका केही विदेशी पाइलटले अहिले पोखरा क्षेत्रमा मनपरि तरिकाले प्याराग्लाइडिङमा उडाईरहेको पोखरा विमानस्थलमा हवाईजहाजले गरेको गुनासोको विवरणले देखाउँछ। हवाई रुटमा प्याराग्लाइडिङ उड्दा जोखिम थपिएको विमानस्थलको चिन्ता छ।

प्याराग्लाइडिङः ‘हाइ अल्टिच्यूड’ मा अवैध उडान

प्याराग्लाइडिङ उडानमा अहिले विदेशी पर्यटकले मनलाग्दी गरेको पाइएको छ। उडान गर्नै नपाइने क्षेत्रको आकाशमा अहिले विदेशीले उडान भरिरहेको पछिल्ला केही घटनाले देखाउँछ। अग्लो स्थानमा घुम्दै गएका विदेशीले प्याराग्लाइडिङमार्फत उडेर धवलागिरि, अन्नपूर्ण प्रथमका साथै निलगिरि, माछापुच्छ्रे लगायत हिमश्रृंखला अवलोकन गरिरहेको प्याराग्लाइडिङ व्यवसायीको भनाई छ।

आन्तरिक उडानमा फड्को मार्दै पोखरा

पोखरा विमानस्थलले आफूलाई मुख्य सातवटा ठुला सहरसँग हवाई सञ्जालले जोडेको छ। बुद्ध एयरलाइन्सले पोखराबाट विराटनगर र भद्रपुरमा पनि उडानको तयारी गरेको छ। थप गन्तव्यमा पनि उडान सुरु भएपछि पोखराको हवाई सञ्जालले अझै फड्को मार्ने विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी बताउँछन्।

आन्तरिक हवाई उडानमा पोखराको फड्को

पोखराको चालु विमानस्थलबाट अहिले दिनमा ३० हाराहारीमा ठूला हवाई हुन्छन्। त्यसबाहेक हेलिकप्टर र अल्ट्रालाइटको समेत त्यत्तिकै संख्यामा उडान थपिँदा पोखरा विमानस्थलले अहिले दिनमा एक सय बढी उडान व्यवस्थापन गरिरहेको छ। पोखरालाई अन्यका ठुला सहरमा हवाई उडानले जोड्दै जाँदा पोखराको हवाई सञ्जालले निकै नै फड्को मारेको छ। निजी हवाई कम्पनि अझै नयाँ गन्तव्यमा पोखरालाई जोड्ने योजनामा छन्।

पोखरा हवाई सञ्जालमार्फत ठुला सहरसम्म जोडिँदै

पोखरा विमानस्थलबाट हुने नियमित हवाई सेवा सातवटा ठुला सहरसम्म बिस्तार भएको छ। निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले पोखरालाई सातवटा ठुला सहरमा हवाई सञ्जालमार्फत जोडेको हो। बुद्धले सातौ सहरको रुपमा शनिबार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेसँगको पहुँच सहज भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्