१३ आश्विन २०८१ आइतबार
image/svg+xml

क्यालिब्रेसन फ्लाइटले उडान अस्तव्यस्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट)का कारण बिहीबार उडान अस्तव्यस्त रह्यो।

जनकपुर–पोखरा उडान: प्राकृतिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा थप टेवा

पर्यटन प्रवर्द्धनमा जनकपुर–पोखरा उडानले मधेस र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा छ। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जानकी मन्दिर दर्शनका लागि लाखौं भारतीय जनकपुरधाम आउँछन्।

गण्डकीको हवाई सञ्जाल चारवटा प्रदेशसँग

गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाईमार्गले जोड्ने गरि पोखरादेखि सिधा हवाई उडान सुरु भएको छ। पोखरा अब चारवटा प्रदेशसँग हवाई सञ्जालले जोडिएको छ। बुद्ध एयरले बुधबारदेखि पोखरा–धनगढी सिधा उडान सुरु गरेको हो।

इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु

साताको दुई दिन हवाई सेवा दिने गरी तारा एयरलाइन्सले व्यावसायिक उडान थालेको हो। हरेक आइतबार र बिहीबार काठमाडाैं-इलाम-काठमाडौँ उडान हुनेछ। व्यावसायिक उडानकालागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ।

आन्तरिक उडानमा विदेशी पर्यटकलाई छुट दिने सहमति

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु

बिहीबार बेलुकी आएको एरो थाईको विमानबाट यान्त्रिक परीक्षण उडान थालिएको हो। शुक्रबार मध्यान्ह १२ बजे र अपरान्ह ५ बजे यान्त्रिक परीक्षण उडान गरिएको थियो। यो उडान हरेक दिन दुई सिफ्ट सञ्चालन गरिने विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।

उडिरहेको विमानमा सर्प

मलेसियामा आन्तरिक उडानमा रहेको एयर एसियाको एक विमानमा सर्प भेटिएपछि त्यसलाई अन्यत्र मोडिएको छ। उक्त हवाई सेवाले बिहीबार क्वालालाम्पुरबाट तवानतर्फ उडेको विमानमा सर्प भेटिएको स्विकारेको छ।

बाक्लो हुस्सुले हवाई उडान प्रभावित

बिहानैदेखिको बाक्लो हुस्सुले पोखरा विमानस्थल अझै खुलेको छैन। भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान प्रभावित भएका छन्। विमानस्थल नखुल्दा विहीबारका कुनैपनि उडान भएका छैनन्। यहाँस्थित विमानस्थलबाट विहान सातबजे नै उडान संचालन हुन्छन्।

अवैध मुद्रासहित पाकिस्तानी पक्राउ

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो।

कोरोना त्रासः हवाई उडान घटाईयो, बस सेवा रोकियो

पोखरालाई राजधानी सहित चितवन र लुम्बिनी जोड्नेगरि यहाँबाट पर्यटक बस संचालन गर्दै आएपछि अहिलेको संक्रमणको त्रासले यात्रु हिड्नै छाडेको व्यवसायीले बताएका छन्। पर्यटक बसमा मात्र नभई हवाईजहाजमा पनि यात्रु घटेका छन्।

भारतद्वारा अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरीसम्म बन्द

ओमिक्रोन भेरिएन्टको तीव्र प्रसारणका कारण भारतले अन्तर्राष्ट्रिय नियमित उडान फेब्रुअरी २८ सम्म बन्द गर्ने भएको छ।

गुणले काठमाडौं–सुर्खेत उडान गर्ने

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ।

प्रतिकूल मौसमले हावाई उडान प्रभावित

आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ। अन्तरराष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ।

पोखराको हवाई उडानको आकार बढेको बढ्यै

पोखरा विमानस्थल मौसमी अवस्था सामान्य हुँदा यतिबेला बिहान ७ देखि बेलुकी ५ बजेसम्म (दशघण्टा) संचालनमा छ। यो अवधिमा हुने हवाई उडानमा अहिले पोखरा आउजाउ गर्ने यात्रुको संख्या खचाखच छ। कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिँदा विदेशी पाहुना आउन नपाएपनि स्वदेशी यात्रुको माग बढ्दा पोखरासम्मको हवाई उडानको आकार दिनहुँ बढेको छ।

निरन्तर निगरानी

यो विषाणुको संक्रमण रोक्ने उपाय भनेको अहिल्यैदेखि निगरानी व्यवस्थालाई सुदृढ तुल्याउनु हो। कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट हामीले जे सिक्यौँ, त्यसलाई फेरि सम्झना गर्दै अगाडिका दिनको तयारी नगर्ने हो भने हामी फेरि संकटमा पर्नेछौँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्