१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टायरमा समस्या देखिएपछि भद्रपुर उडेको जहाज काठमाडौँ फर्कियो

भद्रपुरका लागि उडेको बुद्ध एअर ९५३ उडान नम्बरको जहाज काठमाडौँ नै फर्किएको छ।

बिहान १० बजेर ४३ मिनेटमा काठमाडौँबाट उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ। अहिले प्राविधिक जाँच भइरहेको कार्यालयले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App