१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

थाई स्माइलको काठमाडौं–बैङ्कक उडान सुरु

सम्पूर्ण वायु सेवासहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाईउडान सेवा सुरु गरेको छ। एयरवेजले यही असार १७ गतेदेखि काठमाडौं–बैङ्कक दुईतर्फी हवाई सेवा शुरु गरेको हो।

यस रुटको लागि तोकिएको एयरबस-३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिट क्षमताको रहेको छ। अन-बोर्ड मिल सर्भिस (विमानभित्रै खानाको सुविधा) पनि रहेको स्माइल एयरवेजले जनाएको छ।

थाई स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरूमा उडान भर्छ भने थाई एयरवेज ईन्टरनेशनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दछ।

आरआर ग्रुप अफ कम्पनी अन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ।

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडको सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइले काठमाडौं-बैङ्कक हवाई सेवाको शुरुवात गर्न पाउँदा गौरवान्वित भएको बताए।

उनले नयाँं यात्रुवाहक उडान सेवाले नेपाल-थाइल्याण्ड सम्बन्धमा अर्को सुनौलो आयाम थप्ने विश्वास व्यक्त गरेका छन्। साथै यस रुटको शुरुवात सँगै नेपाल मध्य-दक्षिण एसिया र अन्य एसियाली मुलुकहरूका लागि पनि पर्यटकीय आकर्षणको केन्द्र हुने बताए।

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाई स्माइलको हवाई उडान सेवा शुरु गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए।

उनले भने-‘सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनःहवाई सेवा सुरु गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको छ। यसको साथै यो उडानले दुवै देशको पर्यटन प्रवर्द्धन गर्दै अर्थतन्त्रलाई पनि उकास्नेछ।’

प्रकाशित: २४ असार २०७९ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App